AdAd
Ad

व्यापार नीति र एकिकृत व्यापार रणनीति संशोधन फाल्गुनसम्ममा

वाणिज्य तथा आपुर्ति मन्त्रालयले व्यापार नीति २०६५ र नेपाल एकिकृत व्यापार रणनीति एनटिआइएस २०१० को संशोधन गर्ने भएको छ । वाणिज्य मन्त्रालय अन्तरगतको निकट्रेडका राष्ट्रिय कार्यक्रम प्रवन्धक बुद्धिप्रसाद उपाध्ययले जानकारी दिएका छन् र्। हामीले व्यापार नीति र एकिकृत व्यापार रणनीतिलाई पुनरावोलन गरेर संशोधनका लागि छलफल शुरु गरेका छौं,’ उनले भनेर्, नेपालको व्यापार घाटालाई कम गर्ने र व्यापार अभिवृद्धि गर्नलाई मन्त्रालयले संशोधनको प्रक्रियालाई अघि बढाएको छ ।’
नेपाल एकिकृत व्यापार रणनीतिले प्रतिस्पर्धात्मक तथा तुलनात्मक लाभका १९ वस्तु तथा सेवाहरु छनौट गरेको छ । जसमा ७ कृषिजन्य वस्तुहरु, ७ औद्योगिक वस्तु तथा ५ सेवा क्षेत्रलाई समेटेको छ र्। एनटिआइएसमा समावेश गरिएका वस्तुहरुको निर्यात कति गर्ने भन्ने सन्दर्भमा लक्ष्य तय नगरिएकाले यस पटकको संशोधनमा हामीले यी वस्तुहरुको लक्ष्य निर्धारण गरेका छौं,’ उपाध्ययले बताए । समावेश गरिएका वस्तु तथा सेवाहरुको निर्यात प्रवर्धनका लागि वाणिज्य मन्त्रालयसंगै अन्य सम्वन्धित मन्त्रालयहरुको पनि उतिकै योगदान आवश्यक रहेको उनको भनाइ छ र्। वाणिज्य मन्त्रालयको केन्द्रिय भुमिका रहेपनि अन्य मन्त्रायलहरु उर्जा, वन, कृषि, उद्योग लगाएतको सहयोग आवश्यक रहेको छ,’ उनले बताए ।
एनटिआइएसमा समावेश पश्मिना, अदुवा र जडिवुटिहरुको निर्यात प्रवद्र्धनका लागि विश्व व्यापार संगठन अन्तरगतको इन्ह्यान्सड इन्ट्रिगेटेड फ्रेमवर्क इआइएफले वित्तीय सहयोग गरेको छ । इआइएफले गरेको वित्तीय सहयोगमार्फत यी वस्तुहरुको प्रशोधन, उत्पादन तथा बजारीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ र्। खासगरि नेपाली वस्तुहरुले विश्व बजारमा प्रतिस्पर्धा गर्न नसक्नुको कारण उत्पादकत्वमा भएको कमी हा,े’ उपाध्यय बताउँछ । उत्पादन वृद्धिलाई पनि हामीले संशोघित रणनीतिमा राख्न लागेका छौं ।
व्यापार आफैमा गतिशिल हुने भएकाले मन्त्रालयले व्यापार नीति तथा रणनीतिको संशोधन आवश्यक रहेको उनले बताए र्। व्यापार नीतिले व्यापार सहजिकरणमा मद्दत गर्छ भने रणनीतिले निर्यात प्रवद्र्धनमा जोड दिन्छ,’ उपाध्ययको धारणा रहेको छ । नेपालले वर्षेनि व्यापार घाटा व्यहोर्दै आएको छ । व्यापार नीति र रणनीतिको संशोधनले नेपालको व्यापार घाटामा कमी आउने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top