AdAd
Ad

शुरु भयो सार्क सम्मेलन Featured

काठमाडौं। १० मंसिर । १८औं सार्क शिखर सम्मेलन शुरु भएको छ । नेपालका प्रधानमन्त्री सुशिल कोइरालाले पानसमा बत्ती बालेर सम्मेलनको उद्घाटन गर्नुभएको हो । सम्मेलनको अध्यक्षता माल्दिप्स्का राष्ट्रपतिले गर्नुभएको छ । सम्मेलनमा सार्क क्षेत्रका आठै मुलुक सदस्य र परिवेक्षकहरुको सहभागिता रहेको छ । सम्मेलनमा नेपालका विभिन्न राजनीतिक उच्च पदाधिकारीहरु, सरकारी पदाधिकारी, निजी क्षेत्र लगाएतकाहरुको सहभागिता रहेको छ ।
सम्मेलनको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री सुशिल कोइरालाले शान्तीको स्थापनासंगै यस क्षेत्रमा आर्थिक विकास गर्न आवश्यक रहेको बताउनु भएको छ । क्षेत्रिय सहयोगको मार्फत यस क्षेत्रका विध्यमान समस्याहरु शिक्षाको पहुँच, स्वास्थ, खाद्यान्न संकटमा सम्मेलनले ठोष रणनीति तय गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।
दक्षिण एसियाली राष्ट्रहरुको व्यापार प्रवद्र्धनका लागि संजाल विस्तार आवश्यक रहेको प्रधानमन्त्री सुशिल कोइरालाले बताउनु भएको छ । संजाल विस्तारसंगै भन्सार अवरोध, दोहोरो कर प्रणालीकोृ अन्त्य आवश्यक रहेके उहाँको तर्फ रहेको छ । साथै व्यापार विस्तारका लागि लगानी प्रवद्र्धनमा समेत यस क्षेत्रले जोड दिनु पर्ने उहाँको धारणा रहेको छ ।
विश्वको करिब एक चौधाई जनसंख्या रहेको यस क्षेत्रमा युवाहरुको संख्या अधिक रहेको छ । सम्भावना हुँदै पनि यस क्षेत्रमा रोजगारीको अवसर नभएकाले युवाहरु रोजगारीका लागि पलायन हुने प्रवृत्ति रहेको छ । सुरक्षित रोजगारीका लागि यस क्षेत्रको सम्पुर्ण सदस्य राष्ट्रहरुले सहकार्यका लागि पहलमा जोड दिइएको छ ।
दक्षिण एसियाली क्षेत्रमा गरिबीको मात्रा अधिक रहेकाले पनि आतंकबाद मौलायँदै गएको छ । यस क्षेत्रका राष्ट्रहरुले आतंकवाद विरुद्ध लड्न अति आवश्यक रहेको प्रधानमन्त्री कोइरालाको भनाइ रहेको छ ।
दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठनलाई थप दिगो बनाउन क्षेत्रिय सहकार्य, सहयोग र समझादारीको आवश्यता रहेको उहाँले बताउनु भएको छ । क्षेत्रिय सहकार्यले मात्र यस क्षेत्रको विकास हुनेमा विश्वास राख्नु भएको छ ।
यस सोहि कार्यक्रममा नेपालको राजनीतिक घटनक्रमहरु परिवर्तन हुँदै गएको छ । संविधान निमार्णको प्रक्रियमा रहेको नेपाललाई सहयोग गर्न प्रधानमन्त्रीले अन्य सार्क राष्ट्रहरुलाई आग्रह गर्नुभएको छ । साथै उहाँले नेपाले प्रतिवद्ध सहभति, घोषणाहरुको प्रभावकारी कार्यन्वयनलाई जोड दिने बताउनु भएको छ ।
प्रधानमन्त्री सुशिल कोइरालाको उद्घाटन मन्तव्य पछि माल्दििप्स्ले गरिरहेको अध्यक्षता नेपाललाई हस्तान्तरण गरेको छ । अध्यक्षताको ग्रहण पछि प्रधानमन्त्री सुशिल कोइरालाले सार्कको सफलताको कामना गर्नु भएको छ । साथै उहाँले सार्क सम्मेलनको एजेन्डाहरुमा संचालनका लागि आग्रह गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top