AdAd
Ad

शेयरबजार उतारचढापको स्थितीमा, जुन समुहले बढायो अहिले त्यही समुह भयो रातो

काठमाडौं, २ पौष । शेयरबजार परिसुचक नेप्सेमा बुधवार ९.८ अंकले गिरावट आइ ९ सय अंकको हाराहारीमा पुगेको छ । शेयरबजारमा बिक्रीको चाप आएपछि बजार ओरालो लागेको हो ।
यस अघि गत साताको अन्तिम दिन र यस साताको पहिलो दिनमा भएको दोहोरो अंकको वृद्धिले बजारतर्फ लगानीकर्ताहरुको आकर्षण बढेको देखिन्थ्यो । बजारलाई दोहोरो अंकको वृद्धि गराउन समुहगत परिसुचकहरु जलविद्युत, होटल, वीमा तथा वाणिज्य बैंक समुह रहेका थिए । तर पछिल्लो २ दिन यताको कारोबारको विश्लेषण गर्दा यी समुहगत परिसुचकहरुले नै बजार तल झारेको छ ।
बुधबार जलविद्युत ४२.८७, होटल ३६.४६ र बीमा २८.०२ अंकले झरेको छ । यस्तै वाणिज्य बैंक ११.७८ अंकले झरेको छ तर विकास बैंक समुह भने १.४६ अंकले बढेको छ । साथै बुधवार नेप्सेको कारोबार रकम १५ करोड ७१ लाख रुपैयाँ रह्यो भने तीन लाख सात हजार ६१७ कित्ता शेयरको कारोबार भएको छ ।
राजनीतिक कारण देखाएर शेयरबजार माथि उक्ले पनि बजारमा चलखेल भएको विश्लेषकहरु बताउँछन् । यता मुलुकमा संविधान जारी गर्ने मिती माघ ८ गतेसम्म बजारमा यस्तो उतारचढाप देख्न सकिने केहि लगानीकर्ताहरुको ठहर रहेको छ ।

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top