AdAd
Ad

शेयर दलाल संघमा प्रियराज रेग्मी निर्वाचित, शेयरबजारको दायरा विस्तारमा जोड Featured

काठमाडौं, ५ पौष । नेपाल शेयर दलाल संघमा प्रियराज रेग्मीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । रेग्मीलाई संघको २०औं वार्षिक साधारण सभाले अध्यक्षमा चयन गरेको हो । शेयर दलालमार्फत हुने कारोबारलाई थप पारदर्शि बनाउने नवनिर्वाचित अध्यक्ष रेग्मीले बताएका छन् । उनले केन्द्रिय निक्षेप प्रणालीको कार्यन्वयनका लागि सबै शेयर दलालहरुलाई निक्षेप सदस्यको प्रमाणपत्र लिन आग्रह गर्नेमा जोड दिने बताए । साथै शेयरबजारको दायरालाई विस्तार गर्न आफु प्रयासरत रहने जनाएका छन् ।
यस संघको नयाँ अध्यक्षका लागि अन्जनराज पौडेल र प्रियराज रेग्मीले मनोनयन दिएका थिए । जसमा प्रियराज रेग्मी निर्वाचित भएका हुन् । अन्जनराज पौडेल एकपटक संघका अध्यक्ष भइसेकेका छन् । यससंगै संघको १० सदस्यिय कार्यसमिति गठन भएको छ ।
संघको नयाँ कार्यसमितिको अध्यक्षमा प्रियराज रेग्मी(ब्रोकर नम्बर ५०), उपाध्यक्षमा सरिता अधिकारी(ब्रोकर नम्बर ४१), महासचिव नितेश कुमार अग्रवाल(ब्रोकर नम्बर १७), सचिव दिनेशराज सापकोटा(ब्रोकर नम्बर ३३), कोषध्यक्ष रामकृष्ण तिवारी(ब्रोकर नम्बर ५१) र अन्य ५ कार्यसमिति सदस्य चयन भएका छन् । कार्यसमितिको कार्यकाल आगामी दुई वर्षका लागि हुनेछ ।
यस अघि संघको अध्यक्ष नरेन्द्र सिजापति थिए ।

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top