AdAd
Ad

शेयर बजारमा अहिले सुधार आउदैन मेख बहादुर थापा भन्छन्, कारण राजनीतिक अनौलता

शेयर बजारमा संस्थागत लगानीकर्ताको प्रवेश न्युन नै मानिन्छ । बजारमा लगानीकर्ताहरुको आर्कषणलाई थप वृद्धि गर्न सामुहिक लगानी कोष प्रवद्र्धकहरुको प्रवेश गराईएको छ । हाल ३ सामुहिक लगानीकोष प्रवद्र्धकहरुको ४ योजनाहरु नेप्सेमा सुचिकृत भएका छन् । आगामी १७ गते देखी अर्काे सामुहिक लगानी कोष प्रवद्र्धक एनआईविएल क्यापिटलले ८० करोड रुपैयाँको समृद्धि फण्ड १ नामक सामुहिक लगानी कोष योजना ल्याउँदै छ । सामुहिक लगानी कोष प्रति लगानीकर्ताहरुको आकर्षण तथा अहिलेको शेयरबजारको प्रवृतिका बारेमा एनआईविएल क्यापिटलका महाप्रवन्धक मेख बहादुर थापा संग यस अर्थको अर्थन्युज डटकमका संवाददाता शमुयल राना मगर ले कुराकानी गरेका छन् ।

अहिले सामुहिक लगानी कोषमा लगानीकर्ताहरुको आकर्षण कस्तो रहेको छ ?
सामुहिक लगानी कोषको इतिहास नेपालमा त्यती पुरानो होइन । अर्काे के छ भने कुनै पनि संस्थाको शेयर र सामुहिक लगानी कोषमा धेरै फरक छ । शेयर निष्काशन गर्दा कम्पनीको पूँजीमा वृद्धि आउँछ तर सामुहिक लगानी कोष योजनामार्फत कोष प्रवद्र्धकहरुले विश्लेषण गरी लगानी गर्ने र प्रतिफल दिने हो । त्यसैले साना लगानीकर्ताहरुको पनि लगानी यसमा सहभागिता होस् भनेर प्रति ईकाइको मुल्य शेयरको भन्दा निकै न्युन रहेको छ । अब यहाँ हामीले बुझ्नु पार्ने के हो भने शेयरको मुल्यमा हुने उतारचढाप जस्तै सामुहिक लगानी कोषको मुल्यमा त्यस्तो हुँदैन । हो, यहाँ यसबारे बुझाउन समय लागेको छ । तर सामुहिक लगानी कोषको निष्काशनको क्रममा आवेदनलाई हेर्ने हो भने उत्साह भने पक्कै छ । यसबारेमा नियमन निकाय र सरोकारवालाहरुले लगानीकर्ताहरुलाई जनचेतना दिनै पर्छ ।
यस एनआईविएल क्यापिटलले निक्षेप सदस्यको सेवा दिदै आएको छ । भौतिक शेयरहरु विद्युतीय खातामा दाखिल गर्न कतिको आउँछन् ?
हामीले सिडिएस एण्ड क्लेरिङ लिमिटेडबाट भौतिक रुपमा रहेका शेयरहरुलाई विद्युतीय खातामा दाखिल गरिदिने व्यवस्थाका लागि निक्षेप सदस्यता लिएका छौं । अहिले लगानीकर्ताहरुले आफ्नो भोतिक शेयरहरुलाई विद्युतीय खातामा दाखिल गराउने क्रम बढ्दो छ । तर निक्षेप सदस्यता लिने र कम्पनीहरुले आफ्ना शेयर डिम्याट गराउने चाँही त्यती उत्साहजनक नै छ्रैन । केन्द्रिय निक्षेप प्रणाली पुर्णरुपमा लागु गर्न समय तालिका बनाई सकेको छ । तर पनि सरोकारवालाहरुले चाहिने पुर्वाधारको तयारी गरी सकेका छैनन् । यता लगानीकर्ताहरुलाई त शेयर डिम्याट गराउनु पर्छ भन्ने कुरा पनि खासै थाहा छैन । यो हुनु भनेकै लगानीकर्ताहरुमा यसबारे सुचना प्रवाह नभएके हो ।
निक्षेप सदस्य भएको हैसियतले तपाईहरुले पनिले लगानीकर्ताहरुलाई सुचना दिनुपर्ने होइन र ?
हो, पक्कै हो । हामीले हाम्रो तर्फबाट सक्दो प्रयास गरेका छौ । हेनुर्स यो एनआईविएल क्यापिटल नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको मर्चट बैंक पनि हो । त्यसैले लगानीकर्ताहरुको सुविधाका लागि हामीले निक्षेप सदस्यको सेवा यस बैंकको शाखाहरु मार्फत पनि दिदै आएका छौं । अहिले पहिलो चरणमा काठमाडौंका रहेका बैंकका शाखाहरुमा यो सुविधा उपलब्ध छ । त्यस्तै हामी अब मुलुकको प्रमुख शहरमा रहेको यो बैंकको शाखाहरुमा पनि सो सुविधा उपलब्ध गराउने तयारीमा छौं । फेरी हामीले हाम्रा कर्मचारीहरुलाई पनि यस सन्दर्भमा तालिम दिदै आएका छौं ।
केन्द्रिय निक्षेप प्रणालीको लागु तथा कार्यन्वयनमा हामी के सक्षम हुँर्दै गएका छौंं ?
केन्द्रिय निक्षेप प्रणाली नेपाली शेयरबजारमा नयाँ अभ्यास हो । तर यो अभ्यास विभिन्न देशहरुले अपनाईसकेका छन् । केन्द्रिय निक्षेप प्रणालीको कार्यन्वयनले त झने सहज हुन्छ लगानीकर्ताहरुलाई । यो प्रणालीको लागुले भौतिक रुपमा रहेका शेयरहरु हराउने, चोरी हुने र सुन्नमा आएको नक्कली शेयर प्रमाणपत्र बनाउने कार्यको अन्त्य हुन्छ । सबै शेयरहरु विद्युतीय माध्यमबाट नै कारोबार हुन्छ । सिडिएस एण्ड क्लेरिङ लिमिटेडले पहिलो चरणमा वाणिज्य बैंकहरुको शेयर बिक्री गर्दा डिम्याट भएर जानु पर्ने भन्ने निर्दशन दिए पछि हाम्रै बैंकको शेयरहरु केन्द्रिय निक्षेप प्रणालीबाट कारोबार भएको हो । हो केहि असहज पक्कै भएको हो । नयाँ अभ्यासको थालनी त्यसरी नै हुन्छ । केन्द्रिय निक्षेप प्रणालीको कार्यन्वयनको समय तालिका निर्धारणले पनि विस्तार सिक्दै जाने अवसर बजारले पाएको छ । यसका लागि नियमनकारी निकायहरु पनि सहयोगी नै हुनुहुन्छ ।

अहिलेको बजारलाई कसरी विश्लेषण गर्नु हुन्छ ?
शेयर बजारमा अहिले लगानीकर्ताहरुको मनोबल खस्केको भन्छु म त । हेर्नुस, नेप्सेमा सुचिकृत भएका कम्पनीहरु मध्ये अधिक हिस्सा बैंक तथा वित्तीय संस्थाहरुको नै छ । गत वर्ष थुप्रै बैंक तथा वित्तीय संस्थाहरुले मुनाफा आर्जन पनि राम्रै गरेका छन् । यहि आधारमा यी संस्थाहरुले लाभांश वितरणको घोषणा गरिसकेका छन् । लाभांश पाउने भए पछि छ बजार वृद्धि हुनु पर्ने तर यो हुन सकेको छैन । बजार फन्डामेन्टलली बढ्नु पर्ने हो । तर के छ भने लगानीकर्ताहरुले राजनीति स्थायीत्व खोजेका छन् । हेर्नुस त अहिले फेरी संविधान बन्ने वा नबन्ने भन्ने अन्यौलता छाएको छ । माघ ८ सम्म बजार यस्तै हुन्छ । तर त्यो पछि राजनीतिक घटनाक्रममा सुधार आएन भने बजारमा फेरी निरासा छाउने प्रष्ट छ ।

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top