AdAd
Ad

संसदीय समितिले लगानी बोर्डलाई भन्यो, अरुण तेश्रो र माथिल्लो कर्णालीबारे प्रत्येक दुई महिनामा जानकारी गराउनू Featured

काठमाडौं, १५ मंसीर । संसदको कृषि तथा जलस्रोत समितिले लगानी बोर्डलाई रुण तेश्रो र माथिल्लो कर्णालीको काममा भएका प्रगति सम्बन्धमा प्रत्येक दुई महिनामा जानकारी गराउन निर्देशन दिएको छ । नौ– नौ सय मेगावाट क्षमताका यी आयोजनाको हालै दुई भारतीय कम्पनीसँग परियोजना विकास सम्झौता भएको छ । माथिल्लो कर्णाली निजी प्रवद्र्धक कम्पनी जीएमआर र अरुण तेश्रो भारत सरकारको कम्पनी सतलज जलविद्युत निगमले विकास गनै लागेका छन् ।

परियोजना विकास सम्झौताले सम्बन्धित प्रवद्र्धकहरुलाई लगानी जुटाएर काम थाल्न बाटो खुला भएको छ । संसदीय समितिको निर्देशनबारे कुरा गर्दै समिति सभापति गगन थापाले परियोजना समयमा सम्पन्न गर्नका लागि लगानी बोर्डलाई सहयोग गर्ने अप्रिायले हरेक दुई महिनामा प्रगति प्रतिवेदन माग गरिएको बताए ।

परियोजना विकास सम्झौता अनुसार दुवै निर्यातलाई लक्ष्य गरेका आयोजनाले दुई वर्षभित्र वित्तिय स्रोत जुटाएर निर्माणको काम थाल्नुपर्छ । त्यस्तै पश्चिम सेती परियोजना विकासका सम्बन्धमा उर्जा मन्त्रालय र लगानी बोर्डले साझा धारणा बनाएर आउन समितिले निर्देशन दिएको छ । लगानी बोर्डले भने परियोजना विकास सम्झौता भएको चिनियाँ कम्पनी थ्री गोर्जेज बोर्डको सम्पर्कमा रहेको र उसले परियोजना विकास गर्ने बताउँदै आएका छन् भने मन्त्रालयका अधिकारीहरुले भने प्रसारण लाइन सम्बन्धमा अहिलेसम्मको अनिश्चितता आदि सबै कारणले परियोजना विकास हुनेमा शंका व्यक्त गर्दै आएका छन् ।

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top