AdAd
Ad

समयानुकुल विद्युत खरिद सम्झौता (पीपीए) नीति ल्याइने Featured

काठमाडौं, २४ मंसिर । नेपाल विद्युत् प्राधिकरणले समयानुकुल विद्युत खरिद सम्झौता (पीपीए) नीति ल्याउने तयारी गरिरहेको छ । विद्युत प्राधिकरणको संचालक समितिले छुट्टै समिति गठन गरी छिट्टै नै नयाँ नीति ल्याउन लागेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले जानकारी दिएका छन् । ‘अहिले प्राधिकरणले नेपाली प्रबद्र्धकहरुले बनाएका २५ मेगावाटसम्मका आयोजनाको विद्युत् खरिद एउटै रेट पोस्टेट रेटमा गर्दै आएकोमा अब १ सय मेगावाटसम्मका आयोजनाहरुको विद्युत् खरिद सम्झौता पनि पोस्टेट रेटमा नै गर्ने तयारी गर्दैछौं,’ उनले भने । ‘अहिले प्राधिकरणले सुख्खा याममा प्रतियुनिट ८ रुपया ४० पैसामा र वर्षायाममा ४ रुपया ८० पैसामा विद्युत् खरिद गर्दै आएको छ ।’ नयाँ पीपीए नीतिमा पनि यहि दर नै लागु हुने बताइएको छ ।
‘विद्युत प्राधिकरणले ल्याउन लागेको नयाँ पीपिए नीतिमा अहिले वार्षिक मुल्यवृद्धिदर (एक्सक्लेसन) ५ या ६ प्रतिशत पु¥याउने एवं दोहोरो जरिवानाका सर्तहरु कस्तो राख्ने भन्ने विषयमा छलफल भइरहेको छ,’ महाप्रबन्धक काफ्ले बताए । ‘जरिवानाका सर्तहरुमा प्रबद्र्धकले समयमा नै आयोजना सम्पन्न गर्न नसकेको अवस्था र सम्पन्न आयोजनाहरुबाट विद्युत् उत्पादन गर्नका लागि प्राधिकरणले प्रसारण लाइन नबनाएको अवस्थामा कस्तो जरिवाना लगाउने भन्ने सम्बन्धमा छलफल भइरहेको छ ।’
स्वतन्त्र उर्जा उत्पादकहरुलाई प्रोत्साहन गर्ने नीति अनुसार नै नयाँ पीपीए नीति ल्याउन लागिएको बताउदै महाप्रबन्धक काफ्लेले यसले पीपिएको प्रक्रिया सजिलो बनाइ छिटो छरितो रुपमा काम सम्पन्न हुने बताए । परिस्थिती अनुकुल भएको अवस्थामा १ हप्तामा नयाँँ पिपिए नीति आउने जानकारी दिइएको छ ।

सुख्खायाममा लोडसेडिङ १२ घण्टा मात्रै
काठमाडौं, २४ मंसिर । यस वर्ष सुख्खायाममा लोडसेडिङ १२ घन्टामा सिमित हुने भएको छ । सुख्खायाममा विद्युत् उत्पादनको करिब २५ प्रतिशत उत्पादनमा कमी आउने भएकाले यस अवधीमा लोडसेडिङ बढ्ने विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्ले जानकारी दिएका छन् । उनका अनुसार लोडसेडिङ बढ्न नदिन यस वर्षको सुख्खायाममा आन्तरिक उत्पादनसंगै करिब २ सय ७० मेगावाट विद्युत भारतबाट आयात गर्ने तयारी भइरहेको छ । ‘अहिले हामी १३ नाका मार्फत् करिब १ सय ६७ मेगावाट विद्युत् आयात गर्दै आइरहेका छौं,’ उनले भने ।
सुख्खायामको लोडसेडिङलाई लक्षित गर्दै प्राधिकरणले सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोबाट क्षतिग्रस्त १० मेगावाटको सुनकोशी जलविद्युत आयोजना संचालनमा ल्याएको छ ।
सौर्य उर्जा यस वर्ष नआउने
सरकारले यस आर्थिक वर्षको सुख्खायामबाट संचालनमा ल्याउने भनिएको सौर्य उर्जा संचालनमा नआउने भएको छ । सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत् लोडसेडिङलाई सम्बोधन गर्न राजधानी केन्द्रित २५ मेगावाटको सौर्य उर्जा संचालनमा ल्याउने बताएको थियो । उक्त आयोजनाका लागि वल्र्ड बैंकसंग ऋण सम्झौता भइसकेको छ । अब सार्वजनिक खरिदारीका लागि केहि समय लाग्ने भएकाले यस वर्ष सौर्य उर्जा संचालनमा नआउने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले जानकारी दिए ।

 

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top