AdAd
Ad

सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको महानिर्देशकमा केवल भण्डारी नियुक्त

काठमाडौं, १ पौष । सरकारले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको महानिर्देशकमा केवल भण्डारीलाई नियुक्त गरेको छ । भण्डारी अर्थमन्त्रालयका सहसचिव हुन् ।
आतङ्कवादी कृयाकलाप तथा गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्तिलाई कानुनी रुपमा सम्पत्ति दाखिल गर्ने कार्यलाई निरुत्साहित गर्न सम्पति शुद्धिकरणको कार्यविधि अपनाइएको हो । २०११मा अमेरिकाको न्युयोर्कमा भएको आतङ्कवादि हमला पछि सम्पत्ति शुद्धिकरण लागु गरिएको हो ।
नेपालमा सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्वन्धी कसूर निवारण गर्न
सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४, सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण नियमावली, २०६६, सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण रणनीति तथा कार्ययोजना, २०६८–२०७३ आदि तर्जुमा गरी लागू गरिएका छन् ।
यस अघि विभागका महानिर्र्देशक चुडामणि शर्मा थिए । उनी हाल आन्तरिक राजश्व विभागका महानिर्देशकको कार्यभार सम्हाल्दै छन् ।

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top