AdAd
Ad

सरकारी कामको गुनासो अव बिगुल कक्षबाट, मुलुकमा लगानीको वातावरण बन्दै गएको Featured

काठमाडौं, १४ मंसिर । के तपाईलाई अर्थ मन्त्रालय माताहातका निकायहरुबाट काममा ढिलाइ भएको या त्यस्ता निकायमा चुहावट भएको वा भ्रष्टाचार भएको जानकारी छ ? यी र यस्ता खालका समस्याहरु छन् भने अब आफ्नो गुनासाहरुलाई तपाईहरुले सम्बन्धित मन्त्रालयसम्म पुर्याउन सक्नुहुनेछ । अर्थ मन्त्रालयले आजैबाट सुरु गरेको विगुल कक्षको उपयोग गरी उजुरी दिन सकिने र त्यसको सुनुवाइ हुने अर्थ मन्त्रालयले बताएको छ । मन्त्रालयले जनाए अनुसार अब सेवाग्राहीहरुले गुनासोसंगै, जिज्ञासा र सुझाव समेत राख्न सक्ने छन् । यस कक्षको उपयोग गर्न सेवाग्राहीहरुले टोल फ्रि नम्बर १११८ मा टेलिफोन गरी मौखरी रुपमा गुनासो, जिज्ञासा तथा सुझाव टिपाउने सक्ने छन् । सेवाग्राहीहरुले १४२००४१८ र १४२००४६८ मा टेलिफोन गर्न र फ्याक्स पठाउन, bigool@mof.gov.np मा मेल गर्न तथा mof.gov.np  मा प्रेषित गर्न सकिने अर्थ मन्त्रालयले आयोजना गरेको एक कार्यक्रममा जानकारी गराइएको छ ।
कार्यक्रममा अर्थमन्त्री डा. रामशरण महतले चालु आर्थिक वर्षको ४ महिनाको आर्थिक समिक्षा गरेका थिए । आर्थिक समिक्षा गर्दै अर्थमन्त्रीले राजस्व परिचालनमा वृद्धि भएको बताए । उनले वैदेशिक सहायता परिचालनमा पनि उल्लेखनीय सुधार आएको जानकारी दिए । समिक्षा अवधीमा ९० अर्ब रुपैयाँ वैदेशिक सहायता परिचालन भएको छ ।
चालु आर्थिक वर्षको कार्तिक मसान्तमा मुल्य वृद्धिदर गत वर्षको सोहि अवधीको तुलनामा १ प्रतिशतले कमि आई ७.५ प्रतिशतमा सिमित भएको छ । तर, समिक्षा अवधीमा पूँजीगत खर्च भने आशातित हुन नसकेको अर्थ मन्त्रालयले जनाएको छ । यद्यपी गत आर्थिक वर्षको सोहि अवधीको तुलनामा हाल करिब १५ प्रतिशतले पूँजीगत खर्च वृद्धि भएको तथांकले बताएको छ ।
चालु आर्थिक वर्षको सुरुवातासंगै मुलुकमा लगानीको वातावरण बन्दै गएको र अर्थतन्त्रमा यसको सकारात्मक सन्देश प्रवाह भएको अर्थमन्त्री महतको धारणा रहेको छ । तर समिक्षा अवधिका निर्यातको तुलनामा आयात उच्च भएकाले व्यापार घाटाको वृद्धिदरले तिव्रता भएको उनले बताए । गत आर्थिक वर्षको तुलनालाई हेर्दा यस अवधीसम्ममा आयात २५ प्रतिशतले वृद्धि भएकोे छ भने निर्यात करिब २ प्रतिशतले घटेको छ । स्वदेशी उत्पादनहरुको उत्पादकत्वलाई वृद्धि गरी निर्यात प्रोत्साहन गर्नसरकारले अनुदान लगायतका नयाँ योजना ल्याउने तयारीमा रहेको बताइएको छ ।
यस्तै कार्यक्रममा बजेट कार्यान्वयनका लागि विभिन्न कानुनहरु तर्जुमा हुने क्रममा रहेको र कतिपय कार्यान्वयनमा आइसकेको अर्थमन्त्रालय बताउछ । केहि समय अगाडि कार्यान्वयनमा आएको कृषि कर्जा निर्देशिकामा आवश्यक भएबमोजिम परिमार्जन गर्न सकिने केन्द्रिय बैंकका गभर्नर डा.युवराज खतिवडाले जानकारी दिनुभयो । वाणिज्य बैंकमार्फत कृषि कर्जा प्रवाहलाई विस्तार गर्दै अन्य वित्तीय संस्थामार्फत पनि सो कर्जा प्रवाहको व्यवस्था मिलाउने उनले बताए ।

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top