AdAd
Ad

सहकारीको अनुगमनमा छुट्टै संयन्त्रः अर्थमन्त्री महत

काठमाडौं, ४ पौष । अर्थमन्त्री रामशरण महतले सहकारीको अनुगमनका लागि छुट्टै संयन्त्र बनाउन लागिएको बताएका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को २३ औं साधारणसभाका अवसरमा अर्थ मन्त्री महतले सहकारी अनुगमन संयन्त्र निर्माणको कार्य अन्तिम चरण पुगेको बताएका हुन् । सहकारीमा देखिएको समस्या समाधानका लागि नियमक निकायको कार्यसम्पादन सन्तोषकजनक भएपनि संयन्त्र कम भएका कारण सहकारी अनुगमन प्रभावकारी वन्न नसकेको बताए ।
सहकारीलाई बैंकिङ क्षेत्रजस्तो गरी सञ्चालन गर्न खोजेकै कारण सहकारीमा समस्या आएको उनको भनाई थियो । सहकारीमा सुशासन ल्याउन सहकारीको सिद्वान्तअनुरुप सञ्चालन हुन आवश्क रहेको उनको भनाई थियो ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले सहकारीलाई व्यवस्थित रुपमा संचालन गर्नका लागि सबै नियमनकारी एकजुट हुनुपर्ने बताए । नियमनकारी निकायको तर्दथ समिति समेत बनेको र त्यसलाई बलियो कानुन निर्माण गर्न आवश्यक भएको उनको भनाई थियो । सहकारीका दुईतीनवटा मस्यौदा निर्माण भएको र अब कस्तो कानुन बनाउने भन्ने छलफलसमेत भइरहेको उनको भनाई थियो । केन्द्रिय बैंकले जोखिममा आधारित प्रणालीमा सहयोग गर्न सक्ने बताए ।
ठूला सहकारी बैंकमा रुपान्तरण गर्न चाहेमा राष्ट्र बैंकले छुट दिने बता उनले बताए । केही ठूला सहकारीको कामकारवाही बैंकको जस्तै भएको तर सहकारी अभियानअनुरुप चलेकाले त्यस्ता सहकारीको पनि अनुगमन हुन नसकेको उनको भनाई थियो । ठूला सहकारीको अनुगमन राष्ट्र बैंकले गर्नुपर्ने कुरो आएम पनि राष्ट्र बैंकले सहकारीको अनुगमन गर्न नसक्ने बताए ।

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top