AdAd
Ad

सहरी गरिबीसम्बन्धि छुट्टै नीति ल्याइँदै

काठमाडौं, १४ मंसीर । सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहरी गरिबीका सम्बन्धमा छुट्टै नीति तयार गर्न लागेको छ । बेरोजगारीको दर गाउँमा भन्दा सहरमा उच्च देखिएको र ग्रामीण गरिबी केन्द्रीत सरकारको नीतिले सहरी गरिबी कम हुन नसक्ने निष्कर्षसहित सहरी गरिबी नीति तय गरिन लागेको सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव श्रीधर गौतमले जानकारी दिए ।
नेपालमा प्रतिदिन २,२२० क्यालोरी खाना उपभोग गर्ने हैसियत भएको जनसंख्यालाई निरपेक्ष गरिबीको रेखाभन्दा माथि राखिएको छ । अहिले यस्तो जनसंख्या कुल जनसंख्याको २३ प्रतिशत रहेको छ । जुन, २०७२÷७३ सम्म १८ प्रतिशतमा झार्ने लक्ष्य राखिएको छ । यद्यपि, नेपालमा गरिबी मापन सम्बन्धि मापदण्ड परिवर्तन गर्नुपर्ने सम्बन्धमा बहस नचलेको भने होइन ।
सरकारले ल्याउन लागेको सहरी गरिबी सम्बन्धि नीतिले गरिबी मापनको आधार तथा सहरी गरिबी न्यूनीकरणलाई केन्द्रीत गर्नेछ ।

 

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top