AdAd
Ad

साताभर शेयरबजारमा उतारचढाप, गत साताको तुलनामा ३३ अंकको वृद्धि

काठमाडौ, ३ पौष । साताको अन्तिम दिन विहिबार नेप्से परिसुचक अघिल्लो दिनको तुलनामा ३.४९ अंकले बढेको छ । विहिबार नेप्से परिसुचक ९०३.८९ अंकमा पुगेको छ । विहिबार बजार खुले लगतै घटेको बजार कारोबारको मध्य समयबाट उकालो लागेको थियो ।
विहिबार शेयर बजार उकास्न होटल र वीमा समुहको योगदान रहेको छ । होटल ३३.६५ अंक र वीमा २९.३७ अंकले बढेको छ । समुहगत परिचुसक मध्ये जलविद्युत र अन्य बाहेक सबै परिसुचकमा वृद्धि आएको छ । जलविद्युत समुह २.७४ र अन्य समुह १.१८ अंकले घटेको छ ।
यता विहिबारको कारोबार रकम १४ करोड ६४ लाख रुपैयाँ रहेको छ भने चार लाख ४० हजार ३५७ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा कारोबार रकम गिरावट आएपनि शेयर किनबेचको संख्या भने विहिबार बढेको छ ।

गत साताको अन्तिम दिन विहिबारको तुलनामा यस साताको विहिबार शेयरबाजर ३३.२६ अंकले बढेको छ । तर यस साताको पहिलो दिनको तुलनामा बजार ६.१२ अंकले घटेको छ । साताको पहिलो दिन शेयर बजार करिब ४० अंकले बढेको थियो । यस साताभर शेयरबजारमा उतारचढाप देख्न पाइयो ।

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top