AdAd
Ad

सार्क राष्ट्रहरु बिचको सम्वन्ध विस्तारले आर्थिक समृद्धि हासिल गर्न सहज Featured

काठमाण्डौं, कार्तिक २७। दक्षिण एसियाली मुलुकहरु बिचको व्यापार अभिवृद्धी गर्न सडक संजाल विस्तारमा जोड दिन आवश्यक रहेको बताइएको छ । मंसिर १० र ११ गते नेपालमा आयोजना हुने १८औं सार्क शिखर सम्मेलनमा व्यापार विस्तारका लागि दक्षिण एसियाली मुलुकहरुले सडक पुर्वाधारलाई विकास गर्ने एजेण्डालाई प्राथमिकतामा राख्ने सम्झौता गर्न राजधानीमा आयोजित एक कार्यक्रममा सुझाव दिइएको छ । उक्त सुझाव अर्थको अर्थ प्रसारक संस्था आईविएन मिडिया एण्ड रिसर्चले राजधानीमा आयोजना गरेको सार्क सम्मेलनमा नेपालको आर्थिक एजेण्डाहरुको सम्बोधन विषयक गोष्ठीमा वक्ताहरुले दिएका हुन् । सडक संजाल विस्तार गर्न सके यस क्षेत्रका मुलुकहरु बिचको व्यापार अभिवृद्धि हुँदै जाने प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. चिरञ्जीवि नेपालले बताउनु भएको छ । उहाँले सडक संजाल विस्तारले वस्तु तथा सेवा व्यापारको निकासी गर्न सहज हुने र पर्यटन प्रवर्धनमा समेत टेवा पुग्ने बताउनु भयो । जसका लागि सम्मेलनका क्रममा यातायात तथा रेलमार्ग सम्वन्धी सम्झौता हुने जानकारी दिनु भएको छ । साथै डा. नेपालले अहिले दक्षिण एसियाली क्षेत्रसंगै नेपालमा राजनीतिक स्थिायित्वको वातावरण बन्दै गएकोले सबै मुलुकहरुले आर्थिक समृद्धिको बाटो तर्फ अग्रसर हुनुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।
यस्तै कार्यक्रममा अमेरिकका लागि नेपाली पुर्व राजदुत डा. शंकर शर्माले सार्क क्षेत्रको उर्जा विकासका लागि उर्जा सहयोगमा नेपालले प्रमुख भुमिका निर्वाह गर्नुपर्ने बताउनु भएको छ र्। नेपालले भारतसंग गरेको विद्युत व्यापार सम्झौता जस्तै अन्य मुलुकसंग पनि विद्युत व्यापारका लागि सम्झौता गर्नपर्छ’ उहाँले बताउनु भयो । सम्मेलनमा उर्जा सहयोगका लागि समेत सम्झौता हुने भएकाले अन्तर देशिय प्रसारण लाइन विस्तार गर्न आवश्यक रहेको उहाँको धारणा रहेको छ । डां शर्माले उर्जासंग यस क्षेत्रमा वस्तु तथा सेवाको व्यापार वृद्धि गर्न साफ्ताको प्रभावकारी कार्यन्वयनलाई जोड दिनुपर्ने बताउनु भएको छ ।
सोहि कार्यक्रममा पुर्व अर्थमन्त्री शंकर प्रसाद कोइरालाले नेपालको आर्थिक वृद्धिका लागि वैदेशिक लगानीको आवश्यकताका बारेमा प्रकाश पार्नु भएको छ र्। वैदेशिक लगानी भित्राउन बिप्पा सम्झौता गर्नुपर्छ,’ उहाँले बताउनु भयो । उहाँले भन्नुभर्यो वैदेशिक लगानीको कुरा गर्ने तर विप्पा सम्वन्धी विवाद ल्याउने, यसरी विदेशी लगानीकर्ताको लगानी सुरक्षित कसरी हुन्छ ?’ यस्तै पुर्व अर्थमन्त्री कोइरालाले दक्षिण एशियाली विकास कोष एसडिएफको सहयोगबाट पुर्वाधार विकास गर्न सकिने धारणा व्यक्त गर्नु भएको छ । साथै यस कोषको रकमलाई समेत बढाउन आवश्यक रहेको उहाँले जनाउनु भएको छ ।
१८औं सार्क शिखर सम्मेलनमा विगतका सम्मेलनहरुले प्रतिवद्ध गरेका सम्झौताहरु, साफ्ता तथा विभिन्न चरणमा भएका सहमतिहरुको कार्यन्वयनलाई जोड दिइने परराष्ट्र मन्त्रालयका उपसचिव अर्जुन प्रसाद शर्माले जानकारी दिनु भएको छ । साथै सम्मेलनको क्रममा सहभागि राष्ट्रहरुले उर्जा, सडक संजाल, पर्यटन तथा कृषि क्षेत्रको विकास, गरिबी न्युनिकरण र रोजगारी सृजानामा सहमति गर्ने कार्यक्रम रहेको जानकारी गराउनु भयो ।
साफ्ताको कार्यन्वयनसंग सार्कको उद्देश्य अनुसार कार्यविधि तयार पारे यस क्षेत्रको व्यापार थप प्रतिस्पर्धि बन्ने राष्ट्रिय योजना आयोगका सदस्य डा. चन्द्रमणि अधिकारीले बताउनु भयो । उक्त गोष्ठीमा विभिन्न निजी क्षेत्रसंग आवद्ध प्रतिनिधीहरुले सार्क क्षेत्रमा व्यापार सहजिकरणका लागि यातायात पुर्वाधारहरुको विकास आवश्यक रहेको बताएका छन् । गोष्ठीका सहभागिहरुले यस क्षेत्रका मुलुकहरुको नीति नियमहरुमा सुधार एवं संशोधन गर्न सके थप व्यापार विस्तार गर्न सकिने धारणा व्यक्त गरेका छन् । साथै यस क्षेत्रका मुलुकहरुले आफ्नो संवेदनशिल वस्तुहरुको सुचि तथा भन्सार अवरोधहरु घटाउन सके व्यापार सरलिकृत हुने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 17 =

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top