AdAd
Ad

सार्क राष्ट्र प्रमुखहरु अनौपचारिक भेटवार्तामा व्यस्त Featured

काठमाडौं, ११ मंसिर । दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन सार्कको १८औं शिखर सम्मेलनको दोस्रो दिनमा नेपालले धुलिखेलको द्वारिकाज रिर्साेटमा रिट्रिटको आयोजना गरेको छ । उक्त रिट्रिटमा सार्क राष्ट्र प्रमुखहरुको सहभातिगता रहेको छ । सार्क सम्मेलनको क्रममा सहभागिता हुन आएका राष्ट्र प्रमुखहरु बिच अनऔपचारिक भेटवार्ता सम्भवको उद्देश्यले रिट्रिटको आयोजना गरिएको सरकारले जानकारी दिएको छ । सार्क सम्मेलनकोे क्रममा आयोजक राष्ट्रले यस्तो रिट्रिटको आयोजन न गर्दछ ।
रिट्रिटको क्रममा सार्क क्षेत्रका मुलुकहरु बिच द्विपक्षिय एवं बहुपक्षिय वार्ता खुल्ला रुपमा हुने अपेक्षा सरकारको छ । रिट्रिट पछि अपरान्ह पुनः सार्क सम्मेलन भवन राष्ट्रिय सभा गृहमा सहभागीहरु आउने कार्यक्रम रहेको छ । १८औं सार्क सम्मेलन आज काठमाडौं घोषणापत्र जारी गर्दै समापन गरिनेछ ।
नेपालले आयोजना गरेको रिट्रिटमा अन्य सार्क राष्ट्र प्रमुखहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकप्टरमा राखी धुलिखेल पु¥याइएको हो । आसन्न सार्क शिखर सम्मेलन नेपालको आयोजनामा तेस्रो पटक संचालन हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 3 =

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top