AdAd
Ad

सार्क सम्मेलनका क्रममा तीन सम्झौता तयारी Featured

काठमाडौं, २८ कार्तिक । सार्क देशहरुले सार्क सम्मेलनका क्रममा तीनवटा महत्वपूर्ण सम्झौता गर्ने भएका छन् । सार्क विद्युत् सहयोग सम्झौता, सवारीसाधन सञ्चालन सम्झौता र रेल्वे सम्झौताका लागि सार्क देशहरुले गृहकार्य पुरा गरिसकेका छन् । नेपालको हकमा भने मन्त्रिपरिषद्को बिहीबारको बैठकले यी सम्झौताहरुमा हस्ताक्षरका लागि परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई अख्तियारी दिएको छ । पाण्डे र सार्क राष्ट्रका उनका समकक्षीहरुले यी सम्झौतामा हस्ताक्षर गर्ने भएका हुन् ।
सवारी साधन सम्झौताले सार्क देशहरुमा सार्वजनिक सवारी साधन आपसी बराबर संख्यामा आवतजावत गर्न सक्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले जानकारी दिए । ‘नियमित यात्रुवहाकको हकमा हरेक देशले बराबरी संख्यामामा सवारी साधन चलाउन सक्नेछन,’ उनले भने, ‘यात्रु नबोक्ने र निजी सवारी साधनको हकमा भने हरेक देशले आ–आफ्नो नियम बनाउन सक्नेछन् ।’
त्यस्तै, रेल्वेको सम्झौता अन्तर्गत पनि सार्क देशहरुलाई जोड्ने प्रस्ताव गरिएको छ ।
सार्क विद्युत् सहयोग सम्झौता अन्तर्गत सार्क देशहरुमा विद्युत्को सहज व्यापारका लागि आवश्यक पूर्वाधारहरु– प्रसारणलाइन, पावर ग्रीड निर्माण गर्ने तथा बिद्युत् निर्यातमा भन्सार महशुल कम गर्ने विषयमा सम्झौता हुने उर्जा सचिव राजेन्द्र किशोर क्षेत्रीले बताए । सार्क विद्युत् सहयोग सम्झौताको मस्यौदालाई गत भदौ महिनामा सम्पन्न सार्क उर्जामन्त्रीहरुको बैठकले अन्तिम रुप दिएको थियो ।
हरेक देशले यी सम्झौताहरु संसद्बाट अनुमोदन गरी सम्झौता कार्यान्वयनका लागि आवश्यक कानूनहरु निर्माण गर्नुपर्ने बताइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 10 =

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top