AdAd
Ad

सार्क सम्मेलनको क्रममा गरिने भनिएका सम्झौताहरुमा सहमति हुने सम्भावना न्युन Featured

काठमाडौं, १० मंसिर । १८औं सार्क सम्मेलनका क्रममा गरिने भनिएका सम्झौताहरुमा सहमति हुने सम्भावना न्युन देखिएको छ । सम्मेलनको क्रममा सहमति गर्ने भनिएका सडक संजाल सम्झौता, रेलमार्ग सम्झौता र उर्जा विकासका लागि सहयोग सम्झौता नहुने भएको छ । सार्क क्षेत्रको व्यापार प्रवद्र्धनमा विशेष महत्व राख्ने यी सम्झौताहरुमा सहमति गर्ने कार्यक्रम आज, सम्मेलनको पहिलो दिन तय गरिएको थियो । यी सम्झौताहरुको खाका भने तयार भइसकेको जानकारी अर्थको अर्थन्युन डटकमले पाएको छ ।
दक्षिण एसियाली क्षेत्रमा व्यापार सहजिकरणका लागि सडक संजाल तथा रेलमार्गले विशेष महत्व राख्दछ । यस क्षेत्रको एक मुलुकबाट अर्काे मुलुकमा वस्तु तथा सेवाको व्यापार गर्न सडक संजालको आवश्यकता महशुस गरिएको छ । सडक संजाल विस्तार नभएकाले पनि यस क्षेत्रको व्यापारको हिस्सा निकै न्युन छ । सिमा जोडिएका मुलुकहरु बिच केहि मात्रामा व्यापार भएपनि अन्य मुलुकमा व्यापारको आयातनलाई विस्तार गर्न सकिएको छैन । सडक संजालको सम्झौताले भन्सार अवरोधका समस्याहरुलाई पनि केहि सम्वोधन गर्न अनुमान गरिएको छ ।
यता उर्जाको प्रसस्त सम्भावना बोकेको यस क्षेत्रमा यसको विकासमा लागि गरिने सम्झौता नहुने भएपछि सार्कको औद्योगिक वातावरण विस्तार गर्न असम्भव देखिन्छ । उर्जाको व्यापारबाट यस क्षेत्रको आर्थिक विकास हुनेमा सबैले विश्वास गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 13 =

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top