AdAd
Ad

सार्क सम्मेलनको पहिलो दिनको बैठक सम्पन्न, क्षेत्रिय सहयोगबाट सार्क क्षेत्रको विकास Featured

काठमाडौं, १० मंसिर । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको राजधानीमा चलिरहेको १८औं शिखर सम्मेलनको पहिलो दिनको बैठक सम्पन्न भएको छ । सम्मेलनको पहिलो दिनको बैठकमा सहभागी सदस्य राष्ट्र र पर्यवेक्षक राष्ट्रले सार्क क्षेत्रको विकासका लागि क्षेत्रीय सहयोग आवश्यक रहेको निचोड निकालेको छ । सार्क क्षेत्रमा व्याप्त खाद्यान्न संकट, गरिबी, अशिक्षा, वेरोजगारी तथा न्युन स्वास्थ सेवा विरुद्ध जुट्न प्रभावकारी रणनीति तय गर्ने भएको छ ।
सार्क क्षेत्रको व्यापार तथा लगानी प्रवद्र्धनमा जोड सबैको भनाइ रहेको थियो । व्यापार प्रवद्र्धन तथा लगानी अभिवृद्धिका लागि संजाल विस्तार गर्न आवश्यक रहेको बैंठकले औलाएको छ । जसका लागि पुर्वाधार निमार्ण, यातायात तथा रेलमार्गको विस्तारमा जोड दिने बताइएको छ । यस्तै व्यापार प्रवद्र्धनका लागि भन्सार र कर नीति बाधक रहेको भन्दै यसबारे थप बहसको आवश्यक रहेको तर्क दिइएको छ ।
यस्तै सम्मेलनमा सहभागीहरुले यस क्षेत्रको उर्जा सम्भावनामा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सार्क क्षेत्रको आर्थिक विकास गर्न उर्जाको विकास अतिआवश्यक रहेकोमा सबै केन्द्रित थिए । उर्जाको विकासले यस क्षेत्रमा औद्योगिक वातावरणको सृजना हुनेमा सबैले एक मत व्यक्त गरेका छन् ।
साथै सम्मेलनमा सहभागीहरुले यस क्षेत्रका युवाहरुले भोग्दै आएको वेरोजगारी समस्याका बारे पनि छलफल गरेका थिए । अवसरको कमीका कारण युवाहरु वेरोजगार भएका तर्क उनीहरुको थियो । अर्काे तर्फ दक्षिण एसियाली क्षेत्रमा आतंकवाद निर्मुल पार्न सदस्य राष्ट्र बिच सहकार्यको आवश्यकता महशुस गरिएको छ । साथै आतंकवाद विरुद्ध लड्न सार्क राष्ट्र प्रमुखहरुले प्रतिवद्धता जाहेर गरेका छन् ।
नेपालले आयोजना गरेको १८औं सार्क शिखर सम्मेलनको आजको पहिलो दिन राष्ट्र प्रमुखहरुलाई रात्रिभोजका लागि धुलिखेल लगिने कार्यक्रम रहेको छ । यस कार्यक्रममा अनऔपचारिक वार्ता हुनेमा सरकारको अपेक्षा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top