AdAd
Ad

सार्क सम्मेलनले राजधानीको मुहार फेरिदै, मजदुरले गरे राम्रो आम्दामी

काठमाण्डौं, मंसिर ३ । १८औँ सार्क शिखर सम्मेलनको तयारीका लागि नेपाल काठमाण्डौको भौतिक संरचनाको मर्मत तथा निमार्णमा जुटेका मजदुरहरुले राम्रो आम्दानी गरेको बताएका छन् ।
धादिङ्ग जिल्ला घर भै विगत ५ वर्ष देखि काठमाण्डौमा निमार्ण सम्बन्धि काम गर्दै आएका सन्त बहादुर तमाङ्ग अहिले निकै खुशि छन् । बानेश्वर एरियामा रोडको विचमा विरुवा रोप्ने खाल्डो बनाउर्र्दै गरेका तमाङ्ग पहिला काम पाउन नै निमार्ण सम्बन्धि काम पाउन पनि मुस्किल थियो अहिले भ्याई नभ्याई छ । दैनिक १५ घण्टा भन्दा बढी काम गरेर दैनिक १२ सय रुपैयाँ सम्म कमाई हुने गरेकाले अहिले उनको ध्यान काममा मात्रै केन्द्रित छ । उनि २४ घण्टामा मात्र ५÷६ घण्टा आरामा गर्न पाउने गरेका छन् । तर पनि आराम गर्न नपाएकोमा उनलाई कुनै दुखेसो छैन् ।
यस्तै ३ वर्ष अगाडी काठमाण्डौ छिरेर सडक मर्मत संभारको काम गर्दै आएका महेन्द्र यादव यो समयमा धरै भन्दा धेरै काम गरेर पैसा जम्मा गरेर घर पठाउने योजनामा छन् । तमाङ्ग र यादव उदाहरणका पात्र मात्र हुन् उनिहरु जस्तै काठमाण्डौको श्रृङ्गारमा अहिले हजारौ मजदुरहरु यि र यस्तै सपना देख्दै निमार्णको काममा व्यस्त हुने गरेका छन् ।
मंसिर १० र ११ गते काठमाण्डौमा हुन लागेको १८ औँ सार्क शिखर सम्मेलनमा दक्षिण एसियाली ८ राष्ट्र सरकार प्रमुखहरुको आगमन हुने भएकाले उनिहरुलाई देखाउनकै लागि भनेपनि सरकारले काठमाण्डौ मुख्य सडक तथा चोकहरुलाई श्रृङ्गारमा जुटेको छ । यसले काठमाण्डौको मुहार त फेरिएको छ भने त्यो संगै श्रृङ्गार कार्यमा खटिएका मजदुरहरुको पनि आयस्रोत दोब्बर भएको र उनिहरुको दैनिकी पनि फेरीएको छ ।
काठमाण्डौ महानगरपालिका, काठमाण्डौ विकास प्राधिकरण, सहरी विकास मन्त्रालय लगायतका विभिन्न सरकारी संघ संस्थाहरु काठमाण्डौको मुहार फेर्न लागि परेका छन् भने उनिहरुले छुट्टछुट्टै रुपमा विभिन्न ठाँउमा मर्मत संभारको काम गरिरहेका छन् ।
काठमाण्डौमा पुर्वाधार निमार्णको लागि विभिन्न निमार्ण कम्पनीहरुलाई जिम्मा दिएको सरकारले निमार्णको क्रममा कति संख्यामा कामदार मजदुरहरु लागेको छ भन्ने तथ्याङ्गक नभएपनि काम गर्ने कामदारहरुले दैनिक १४ देखि १८ घण्टा सम्म लगातार काम गरिरहेका छन् । त्यसैको तुलनामा पारिश्रमिक पनि थाप्र्दै आएका छन् ।
सरकारले कात्र्तिक महिनाको अन्त्यसम्ममा सार्क सम्मेलनको लागि काठमाण्डौको पुर्वाधार निमार्णको कामलाई सकि सक्ने भन्ने निर्देशन दिए पनि ढिला गरी टेन्डर आह्रावन गरेको र दिउँसो काम गर्न नपाएकाले सरकारले सोचे र योजना गरे अनुरुप काम सम्पन्न हुन नसक्कने स्वयम काममा खटिएका मजदुरहरुको भनाई रहेको छ । साथै गुणस्तरका विषयमा समेत अहिलेको विकास निमार्ण खासै राम्रो नभएको उनिहरु स्विकार गर्दछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top