AdAd
Ad

सार्क हस्तकला प्रदर्शनी शुरु, हस्तकला क्षेत्रको प्रवद्र्धनका लागि सरकारले सहयोग गर्ने Featured

काठमाण्डौं, मंसिर ४ । नेपाली हस्तकलाको प्रवद्र्धनका लागि सरकारले हस्तकला विकास केन्द्र स्थापनाको पहलमा तदारुपता दिने उद्योग मन्त्री महेश बस्नेतले बताएका छन् । हस्तकला विकास केन्द्रको स्थापनाका लागि सरकारले जग्गा उपलब्ध गराईसकेको छ,’ उनले भने, यसका लागि सबैको सहयोगको अपेक्षा सरकारले गरेको छ ।’ उक्त कुरा राजधानीको भृकुटी मण्डपमा मंसिर ४ देखी ८ गतेसम्म नेपाल हस्तकला महासंघको संचालनमा सार्क हस्तकला प्रंदर्शनी तथा १२औं हस्तकला व्यापार मेलाको उद्घाटन गर्दै उद्योग मन्त्री बस्नेतले बताएका हुन् ।
स्थानिय श्रोतबाट नेपालको मौलिक शिल्पमा तयार पारिने हस्तकला वस्तुहरुको निर्यातले मुलुकको अर्थतन्त्र चलायमान भएको उनको भनाइ रहेको छ । उनले भनेर्, हस्तकलाको निर्याताबाट मुलुकले गत आर्थिक वर्षमा ५ अर्ब रुपैयाँ र आन्तरिक खपतबाट ८ अर्ब रुपैयाँको योगदान अर्थतन्त्रमा रहेको छ ।’ हस्तकलाको विकास र विस्तार गर्न सरकारले सक्दो सहयोग गर्नेमा उनले प्रतिवद्धता जाहेर गरे । उद्घाटन कार्यक्रममा मन्त्री बस्नेतले हस्तकलाको विकास गर्न हस्तकला ग्रामको निर्माण, हस्तकला वस्तुहरुको पहँुचका लागि अन्तर्राष्ट्रिय बजारमा प्रदर्शनीका लागि सहयोग तथा गुणस्तर मापनका लागि थप परिक्षण केन्द्रहरुको स्थापना गर्न सरकार तयार रहेको उनले बताए ।
सोही कार्यक्रमा नेपाल हस्तकला महासंघका अध्यक्ष हेमरत्न शाक्यले हस्तकलाको व्यापार प्रवद्र्धन तथा बजार विस्तार गर्न मेलाको आयोजना गरिएको बताएका छन् । हस्तकला वस्तुको निर्यातले मुलुकको आर्थिक सम्वृद्धिमा टेवा पुगेको छ,’ उनले भने, हस्तकला क्षेत्रमा हाल १० लाख भन्दा बढिले रोजगारीको अवसर पाएका छन् ।’ ग्रामिण रोजगारीलाई प्रवद्र्धन तथा स्वदेशी वस्तुहरुको अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान दिलाउने हस्तकला क्षेत्रको प्रवद्र्धनमा सरकारको थप सहयोगको अपेक्षा गरिएको अध्यक्ष शाक्यले जनाए । हस्तकला वस्तुहरुको निकासी अभिवृद्धिका लागि निर्यात पुर्वाधारको विकास, कर छुटको व्यवस्था एवं सरल ऋण प्रवाहको माग राख्दछौं,’ अध्यक्ष शाक्य बताउँछन् ।
यस्तै सार्क कल्चरल सेन्टरका निर्देशक समारासिंगेले सार्क क्षेत्रका राष्ट्रहरुको हस्तकला वस्तुहरुको विकास गर्न नयाँ डिजाइन र आधुनिक प्रविधिको प्रयोग आवश्यक रहेको बताएका छन् । कार्यक्रममा नेपाल चेम्वर अफ कमर्शका उपाध्यक्ष ज्ञानेन्द्ररत्न तुलाधरले हस्तकला क्षेत्रको कारोबार ठुलो मात्रामा देखिए पनि नाफा न्युन हुने बताएका छन् । त्यसैले हस्तकला क्षेत्रमा कर संकलनमा सरकार र व्यवसायीहरु बिच मुल्याङ्कनमा समस्या आएको उनले प्रष्टाए । साथै कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदिपजंग पाण्डेले हस्तकला विकास केन्द्रको स्थापनाले यस क्षेत्रमा अनुसन्धान र नविनतम प्रयोग गर्न सकिने बताएका छन् ।
उद्घाटन कै अवसरमा हस्तकलाको विकास तथा निकासीमा योगदान पुयाउने निकासीकर्ता व्यवसायीहरुलाई उद्योग मन्त्री महेश बस्नेतले सम्मान गरेको थिए ।
निर्यात प्रवद्र्धन र सार्क क्षेत्रका मुलुकहरु वीच हस्तकलाको माध्यमबाट एक अर्को देशको संस्कृति आदान प्रदान गरी सार्क मुलुकहरु वीच सामिप्य र भाईचारा सम्बन्धको विकास गर्ने उद्देश्यले नेपाल हस्तकला महासंघ, वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग मन्त्रालय र सार्क सांस्कृतिक केन्द्रको आयोजनामा मेला आयोजना गरिएको हो ।
प्रदर्शनीमा देश भित्र महासंघका जिल्ला हस्तकला संघ, वस्तुगत संघहरुमा आवद्ध सदस्य उद्यमीहरु काठमाण्डौं उपत्यका लगायत देशको ४५ भन्दा बढि जिल्लाका स्थानीय हस्तकला सामाग्री, लघु घरेलु उद्यमीहरुबाट उत्पादित सामाग्रीहरुलाई उच्च प्राथमिकतामा प्रदशर्नीे तथा बिक्रीको लागि राखिने महासंघले जनाएको छ ।
यस हस्तकला प्रदर्शनीमा एकै छाना मुनि काष्ठकला, धातुकला, चाँदि तथा अन्य धातुका गरगहना, फेल्टका सामान उनी तथा सुती एवं ढाकाका सामान, पश्मिना, हाते कागजका सामान, छालाजुत्ता तथा छालाजन्य सामान, प्राकृतिक रेसा र वाँसका सामानहरु प्रर्दशनी तथा विक्रीका लागि राखिने बताइएको छ ।
सार्क शिखर सम्मेलनलाई लक्षित गरी आयोजना गरिएको प्रदर्शनी आम सर्वसाधारण तथा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु, विदेशी कुटनैतिक नियोगका प्रतिनिधिहरु र विशिष्ट विदेशी आमन्त्रित पाहुनाहरुले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
मेलामा जिल्ला संघ, वस्तुगत संघ समेत गरि २१० स्टलहरु रहेका छन् भने सार्क सांस्कृतिक केन्द्रको सिफारिसमा सार्कका आठ देशहरुबाट ४० वटा स्टल, पाकिस्तान र वंगलादेशका ब्यापारिहरुका २० वटा स्टल साथै ३० वटा फर्म, कम्पनीबाट ६३ र ६ वटा प्याभिलियनबाट ७० वटा स्टल रहने छन् ।
महिला उद्यमीहरुको व्यवसाय विकासमा टेवा पुरयाउने उद्देश्यले अमेरिकन राजदुतावासले २० जना महिला उद्यमीहरुलाई तोकिएको स्टल भाडामा ८० प्रतिशत सहुलियतमा २० वटा स्टल प्रदान गरिएको हस्तकला महासंघले जनाएको छ ।
उक्त प्रदर्शनीलाई व्यापार तथा निकासी प्रर्वद्धन केन्द्र, अमेरिकी राजदूतावास, जर्मन सहयोग नियोग, लघु उद्यम बिकास कार्यक्रम (मेडेप), नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्वर अफ कमर्श, फेडेक्स, सिभिल बैंक, नेपाल सुन चाँदि व्यवसायी महासंघ,नेपाल सुन चाँदि रत्न तथा आभूषण महासंघ, नेपाल चेम्वर अफ कमर्श लगायतको सहयोग रहको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − nine =

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top