AdAd
Ad

सावतीको आयोजनामा १८औं सार्क सम्मेलनबाट दक्षिण एशियामा आर्थिक सहयोग

काठमाडौं, ७ मंसिर । दक्षिण एशियाली मुलुकहरु बिचको व्यापार विस्तार गरि आर्थिक विकास गर्न सडक संजाल, लगानी प्रवद्र्धन तथा उर्जा सहयोगमा जोड दिन आवश्यक रहेको विज्ञहरुले बताएका छन् । आसन्न १८औं सार्क शिखर सम्मेलनको पुर्वसन्ध्यामा नेपाल सरकार, राष्ट्रिय योजना आयोग, नेपाल उद्योग वाणिज्य महासंघ र साउथ एशिया वाच अन ट्रेड, इकोनोमिस एण्ड इन्भाइरोमेन्ट (सावती) संयुक्त रुपमा आयोजना गरेको सार्क सम्मेलनबाट दक्षिण एशियामा आर्थिक सहयोग नामक २ दिने कार्यशाला गोष्ठीको पहिलो दिन उक्त कुरा बताइएकोे हो ।
कार्यक्रमको उद्घाटन सत्रमा परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले सार्क क्षेत्रको दिगो विकासका लागि क्षेत्रिय सहयोगको आवश्यकता बढ्दै गएको बताएका छन् । जसका लागि सार्क क्षेत्रका राष्ट्र प्रमुखहरुले राजनीतिक प्रतिवद्धता व्यक्त गर्नुपर्ने उनको भनाइ रहेको छ । यस्तै उनले सार्क क्षेत्रका मुलुकहरु बिच व्यापार प्रवद्र्धनको सम्भावना रहेपनि भन्सारका प्रक्रियागत जटिलताले सम्भव हुने नसकेको बताउनु भएको छ । भन्सारका अवरोधहरु हटाइ व्यापार र लगानीलाई प्रवद्र्धन गर्न आगामी सार्क सम्मेलनमा बहस गरिने उहाँले जानकारी दिएका छन् ।
दक्षिण एशियाली क्षेत्रमा वैदेशिक लगानीको आकर्षक न्युन भएकाले प्रतिवद्ध सम्झौताहरुको प्रभावकारी कार्यन्वयनमा जोड दिन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्दराज पोखरेलले सुझाव दिएका छन् छन् । सार्क शिखर सम्मेलनको क्रममा सडक संजाल, उर्जा सहयोग तथा लगानी प्रवद्र्धनमा सम्झौताले दक्षिण एशियाली मुलुकहरुको बिचको सम्वन्ध थप विस्तार हुने उनको धारणा रहेको छ । साथै उनले यस क्षेत्रका मुलुकहरुले प्रविधि हस्तान्तरणलाई जोड दिए यहाँका वस्तु तथा सेवाले थप प्रतिस्पर्धा गर्नसक्ने बताए ।
सोहि कार्यक्रममा सार्क क्षेत्रको मुलुकहरु बिच गैरकानुनी व्यापार बढ्दै गएको अवस्थाले साफ्टा एवं क्षेत्रिय स्तरका सम्झौताहरुको कार्यन्वयनलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको सावतीका अध्यक्ष डा. पोषराज पाण्डेले जानकारी दिए । अहिले दक्षिण ए्शिया राजनीतिक तथा आर्थिक रुपमा रुपान्तरित बन्दै गएकाले सम्झौताहरुको प्रभावकारी बनाउन आवश्यक रहेको उनको धारणा रहेको छ । सार्क क्षेत्रमा दिगो आर्थिक विकासका लागि कृषि प्रणाली, गरिबी निवारण, मौसम परिवर्तन, वेरोजगारी लगाएतका विषय छलफल आवश्यक रहेको उनले बताए । यस्तै डा. पाण्डेले सार्क विकास बैंक र सार्क विउ बैंकका अवधारणालाई मुर्त रुप दिन सम्मेलनले जोड दिनु पर्ने बताएका छन् ।
सावतीले आयोजना गरेको यस कार्यशालामा ६ विषयहरुमा केन्द्रित रहने बताइएको छ । व्यापार प्रवद्र्धनका लागि सडक संजाल, भन्सार अवरोध, प्रविधि हस्तान्तरण, भारत पाकिस्तान सहयोग, उर्जा सहयोग र लगानी प्रवद्र्धन विषयमा सार्क राष्ट्रका विभिन्न कार्यपत्र प्रस्तोताहरुको प्रस्तुती रहने छ । आगामी सार्क सम्मेलनले यस क्षेत्रमा शान्ती स्थापनासंगै आर्थिक सम्वृद्धि हासिल गर्न सम्वन्ध विस्तार र लगानी प्रवद्र्धनमा जोड दिन पर्नेमा सहभागीहरुको धारणा रहेको छ । यस कार्यशाला गोष्ठीमा विभिन्न सार्क मुलुकका ६० जनाले सहभागिता जनाएका छन् । सहभागिहरुमा विभिन्न क्षेत्रका सरोकारवाला, अनुसन्धानकर्ता, नीति निर्माणकर्ता, निजी क्षेत्रका प्रतिनिधीहरु हुन् ।
दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्क स्थापना भएको झण्डै ३ दशक पुगेको छ । सार्क स्थापनाको उद्देश्य, यस क्षेत्रका मुलुकहरु बिचको आर्थिक गतिविधिहरुलाई विस्तार गर्न सांगठनिक सहयोग रहेको छ । तर ३ दशक यता विभिन्न समझदारी भएपनि सन्तोषजनक कार्यहरुको कार्यन्वयन पक्ष फितलो रहेको विज्ञहरुले बताएका छन् । विश्वको एक चौथाई मानिस बस्ने यस क्षेत्रमा आर्थिक गतिशिलतालाई वृद्धि गरे आर्थिक रुपमा सम्वृद्ध क्षेत्र बन्ने तथ्याङ्कहरुले देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + ten =

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top