AdAd
Ad

सिन्धुपाल्चोकबासीलाई भोटेकोसीको ५ प्रतिशत सेयर

काठमाडौं, कार्तिक २४ । भोटेकोसी पावर कम्पनीले सिन्धुपाल्चोकका स्थानीय बासिन्दालाई माथिल्लो भोटेकोसीको ५ प्रतिशत सेयर प्रस्ताव गरेको छ । ४५ मेगावाटको यो आयोजनाले ५ प्रतिशत सेयर स्थानीयबासीलाई दिने निर्णय गरेको कम्पनीका महाप्रबन्धक नरेन्द्र प्रजापतीले जानकारी दिए ।
तर, स्थानीय राजनीतिक दलहरुले उक्त प्रस्तावलाई अस्वीकार गर्दै २२ प्रतिशत सेयरका लागि दबाब दिइरहेका छन् । जसका एनेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले तथा राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीयहरुलाई उकासीरहेका छन् । यही विषयमा काठमाडौंमा कम्पनीका अधिकारी र स्थानीय राजनीतिक नेताहरुबीचको छलफल भने निष्कर्षमा पुग्न सकेन ।
स्थानीयबासीहरुले गत साउनमा सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोबाट क्षति भएका ट्रान्समिसन लाइन निर्माणमा अवरोध गरेपछि कम्पनीले ५ प्रतिशत सेयर प्रस्ताव गरेको थियो । तर, स्थानीयबासीले यो प्रस्तावलाई स्वीकार नगरी आन्दोलन गरिरहेका छन् । बिजुली विक्री गर्न नपाउँदा कम्पनीलाई दैनिक ८६ लाख घाटा भइरहेको कम्पनीले जनाएको छ ।
कम्पनीले स्थानीयबासीको अवरोध रोक्नका लागि सरकारसँग सहयोग पनि मागिरहेको छ ।
डलरमा विद्युत् खरिद सम्झौता भएको भनेर चर्चा पाएको यस आयोजनाको नेपाल विद्युत् प्राधिकरणले सन् १९९७ मा प्रति युनिट ६ सेन्टमा बिजुली किन्ने सम्झौता गरेको थियो । डलर मजबुत भएपछि उक्त सम्झौताका कारण प्राधिकरणले ठूलो घाटा बेहोर्नुपरेको भन्दै संसद्को सार्वजनिक लेखा समितिले उक्त विद्युत् खरिद सम्झौताको अध्ययन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top