AdAd
Ad

सिभिल बैंकको थप २ स्थानमा शाखा रहित सेवा

काठमाडौं, १५ मंसिर । ग्रामीण क्षेत्रमा बैकिङ सेवाको पहुँच अभिवृद्धि गर्न सिभिल बैंक लिमिटेडले थप २ स्थानमा शाखा रहित बैंकिङ सेवा विस्तार गरेको छ । बैंकले उक्त सेवा बारा जिल्लाको जितपुर र पर्सा जिल्लाको परवानीपुरमा विस्तार गरेको हो । यससंगै बैंकको हाल ७ स्थानमा शाखा रहित बैंकिङ संचालनमा रहेको छ । जितपुर स्थित शाखा रहित बैंकिंग सेवाको उद्घाटन गढीमाई नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत कृष्ण चापागाईं तथा परवानीपुर स्थित शाखा रहित बैंकिंग सेवाको उद्घाटन शहरी विकास कार्यक्रम, पर्साका प्रमुख शैलेन्द्र कुमार श्रेष्ठले गरेका हुन् ।
यी क्षेत्रहरुमा अन्य वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेको अवस्थामा बैंकको यो सेवाबाट स्थानीयव्यक्तिहरुले अत्याधुनिक बैंकिंग सेवातथा सुविधाहरु सरल रुपले उपभोग गर्न पाउने कुरा बैंकका वरिष्ठ कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।
बैंकको यस सेवा अन्तर्गत ग्राहकहरुले सुरक्षित रुपमा रकम झिक्न तथा जम्मा गर्न, एक खाताबाट अर्को खातामा रकम स्थानान्तरण गर्न, मोबाईल फोन रिचार्ज गर्न, एटिएम कार्ड, रेमिटेन्स सुविधा, मोवाईलमै नगद सुविधा, एस.एम.एस एलर्ट, आफ्नो खाताको व्यालेन्स हेन तथा पछिल्लो कारोवारहरुको स्टेटमेण्ट प्रिन्ट गर्न जस्ता सुविधाहरु लिन सक्ने छन् । साथै सोहि स्थानहरुमा बैंकका कर्मचारीहरु परिचालन गरी सानातथा घरेलु उद्योग र कृषि व्यवसाय गर्न चाहनेलाई सहजै लघु कर्जाको व्यवस्था मिलाइएको बैंकले जनाएको छ । साथै बैंकले आठौं शाखा रहित बैंकिंग सेवाबनकट्टी, नवलपरासीमा खोल्ने योजना बताएको छ ।

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top