AdAd
Ad

सुनको मुल्यमा उतारचढाप

काठमाण्डौं, कार्तिक २५। सुनको मुल्य सोमबारको तुलनामा प्रति तोला मंगलबार आठ सय रुपैयाँले गिरावट आएको छ । स्थानिय बजारमा मंगलबार सुन प्रति तोला ४९ हजार ५सय रुपैयाँमा कारोबार भएको छ । साताको पहिलो दिन स्थानिय बजारमा सुन प्रति तोला ५० हजार ५सय रुपैयाँमा कारोबार भएको थियो । त्यसपछि पछिल्लो दुई दिन सुनको मुल्यमा गिरावट आएको छ । अन्तराष्ट्रिय बजारमा सुनको मागमा आएको कमीका कारण स्थानिय बजारमा सुनको मुल्य घट्दै गएको हो । यता स्थानिय बजारमा केहि दिन सुनको मुल्यमा उतारचढाप देखिने सुन व्यवसायीहरुले बताएका छन् ।
अमेरिकी संघिय बैंकले ऋणपत्र खरिदमा गरेको कटौतीका कारण अमेरिकी डलर मजबुत बन्दै गएको संकेत देखाएको छ । यता डलर मजबुत बन्दै गएपछि लगानीकर्ताहरुको आकर्षण सुन तर्फ घट्दै जान्छ र्। अहिले अमेरिकामा रोजगारीको सृजनाले डलर मजबुत बन्दै गएको छ, त्यसैले सुनको मुल्यमा गिरावट आएको हो,’ सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष तेजरत्न शाक्यले बताए । उनले भनेर्, अमेरिकी अर्थतन्त्र बलियो भयो भने स्थानिय बजारमा सुन प्रति तोला ४५ हजार रुपैयाँसम्म पुग्ने छ ।’
सुनको मुल्यआ आएको उतारचढापका कारण अहिले उपभोक्ताहरु पर्ख र हेरको अवस्थामा रहेको शाक्य बताउँछन् । ’उपभोक्ताहरु मुल्य कम भएका बेला सुन किन्छन् र महंगो भएका बेलामा बेच्छन्,’ उनले भने । यस्तो प्रवृतिका कारण यस पटक सोचे अनुसार व्यापार नहुने उनको भनाई रहेको छ । फेरी यस वर्षको मंसिर महिनामा १ दिनमात्र विवाहको साइत भएकाले पनि माग अपेक्षा अनुरुप वृद्धि नहुने बताइएको छ । जस कारण सुन व्यवसायीहरु चिन्तित रहेको बताउँछन् ।
केन्द्रिय बंैंकको निर्देशन अनुसार अहिले वाणिज्य बैंकहरुले मात्र सुन आयात गर्न पाइन्छ । यसरी सुन आयातमा गरिएको कडाईले भारतको खुल्ला सिमाना र चिनबाट गैरकानुनी रुपमा सुन तस्करी बढ्दै गएको छ र्। यहाँको स्थानिय व्यापारीहरुले सुनको तस्करी गरेको छैन तर केहि चिनियाँ नागरिकहरुले तस्करी गरेको सुन स्थानिय बजारमा बिक्री गर्दै आएका छन्,’ तेजरत्न शाक्य बताउँछ । उनले भनेर्, सुन तस्करी नियन्त्रण गर्न राज्यले कडा रुप लिन आवश्यक छ ।’ सुन तस्करीबाट आएको सुनको मात्रा स्थानिय बजारमा अधिक भएकाले वाणिज्य बैंकहरुले आयात गरेका सुन फ्रिज भएको छ । हाल वाणिज्य बैंकहरुसंग आयात गरिएका ३सय किलो सुन ठन्किएर बसेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 1 =

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top