AdAd
Ad

सुन आयात न्यून

काठमाण्डौं, मंसिर ३ । गत आर्थिक वर्षमा आयात हुने मुख्य वस्तुहरुको सूचीमा पाँचौ नम्बरमा रहेको सुनको आयात यस वर्ष अत्यन्त कम छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा तीन अर्ब ५६ करोड रुपैयाँको सुन आयात भएको थियो भने त्यसअघि आर्थिक वर्ष २०६९÷७० को पहिलो तीन महिनामा यस्तो आयात सात अर्ब छ करोड रुपैयाँ रहेको थियो । तर चालु आवको पहिलो त्रैमासमा सुन आयात ६३ करोड ३६ लाख रुपैयाँ बराबर मात्र छ । बढ्दो तस्करीका कारण बैंकहरुमा रहेको सुन बिक्री हुन छाडेपछि सुन आयात न्यून भएको बताइएको छ । नेपालमा वाणिज्य बैंकहरुले मात्र सुन आयात गर्न सक्छन् र यस्तो परिमाण दैनिक १५ किलो मात्र रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top