AdAd
Ad

सुन तोलाको दुई सय रुपैयाँले घट्यो

काठमाडौं, १२ मंसिर । स्थानिय बजारमा सुन अघिल्लो दिनको तुलनामा प्रति तोला दुई सय रुपैयाँले घटेको छ । शुक्रबार सुन प्रति तोला ५० हजार आठ सय रुपैयाँमा कारोबार भएको छ । यस्तै बुधवार सुन प्रति तोला ५१ हजार रुपैयाँ थियो । अमेरिकी डलर मजबुत बन्दै गएपछि अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा कमी आएको छ । जसको असर स्थानिय बजारमा समेत परेको व्यवसायीहरुले बताएका छन् । यता विवाहको मौसममा सुनको बिक्री अपेक्षित रुपमा नभएको व्यवसायीहरुले जानकारी दिए । सुनको मागमा आएको कमीका कारण यस पटक सुनको विक्री अपेक्षित हुन सकेको छैन ।

 

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top