AdAd
Ad

सुन तोलामा १ हजार दुईले बढ्यो

काठमाडौं, २४ मंसिर । स्थानिय बजारमा सुन प्रति तोला अघिल्लो दिनको तुलनामा १ हजार २ सय रुपैयाँले बढेको छ । बुधबार सुन प्रति तोला ५२ हजार तीन सय रुपैयाँमा कारोबार भएको छ । यस्तै मंगलबार सुन प्रति तोला ५१ हजार एक सय रुपैयाँ थियो ।
अन्तराष्ट्रिय बजारमा सुनको मुल्यमा आएको वृद्धिले स्थानिय बजारमा समेत सुनको भाउ बढेको बताइएको छ । ‘आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रति आउन्स ३२ डलरले बढेको छ, त्यसकै प्रभावले नेपालमा पनि सुनको भाउ बढेको हो,’ नेपाल सुनचाँदी व्यवसायी महासंघका पुर्वअध्यक्ष तेजरत्न शाक्यले बताए । अन्तर्राष्ट्रिय बजारमा शेयर बिक्रीको चापले लगानीकर्ताहरु सुन तर्फ आकर्षित भएकाले पनि सुनको मुल्य बढेको उनको भनाइ रहेको छ । ‘शेयर बिक्रीमा चाप, अमेरिकी डलर कमजोर हुनु सुनको मुल्यमा वृद्धि देखिनु प्रमुख कारण हो,’ उनले भने ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्यमा आएको उतारचढापले स्थानिय बजारमा पनि सुनको मुल्यमा प्रभाव देखिएको छ । सुनको मुल्यमा आएको उतारचढापले सुनको व्यापार सन्तोषजनक हुन नसकेको व्यवसायीहरु बताउँछन् । ‘यसपालि सिजनमा समेत सुनको बिक्री सन्तोषजनक हुन सकेन, आजको त झन भाउ बढेको छ, बजार सुनसान नै हुन्छ,’ तेजरत्न शाक्यले बताए । अन्तर्राष्ट्रिय सञ्चार माध्यमले सुनको मुल्य घट्ने प्रक्षेपण गरे पनि अन्य कारणले मुल्यमा उतारचढाप आएको उनको धारणा रहेको छ । ‘यसरी सुनको मुल्यमा भएको उतारचढापले व्यवसायमा अन्यौलता आएको छ,’ उनले भने ।

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top