AdAd
Ad

सुन दुई सय रुपैयाँले सस्तो

काठमाडौं, ११ मंसिर । स्थानिय बजारमा सुन अघिल्लो दिनको तुलनामा प्रति तोला दुई सय रुपैयाँले सस्तिएको छ । बुधबार सुन प्रति तोला एकान्न हजार रुपैयाँमा कारोबार भएको छ । यस्तै मंगलबार सुन प्रति तोला ५१ हजार दुई सय रुपैयाँ थियो । अमेरिकी डलर मजबुत बन्दै गएपछि अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा कमी आएको छ । जसको असर स्थानिय बजारमा समेत परेको व्यवसायीहरुले बताएका छन् । यता विवाहको मौसममा सुनको बिक्री अपेक्षित रुपमा नभएको व्यवसायीहरुले जानकारी दिए । सुनको मागमा आएको कमीका कारण यस पटक सुनको विक्री अपेक्षित हुन सकेको छैन । साथै स्थानिय बजार अघिल्लो दिनको तुलना चाँदी १० रुपैयाँले घटेर ६ सय पाँच रुपैयाँमा कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + thirteen =

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top