AdAd
Ad

सेन्चुरी बैंकले सुरु ग-यो प्लाटिनम लाउन्ज, सेवाग्राहीहरुलाई विशेष सेवा

काठमाडौं, २ पौष । सेन्चुरी कमर्शियल बैंक लिमिटेडले ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै प्लाटिनम लाउन्ज नामक नयाँ सेवा संचालनमा ल्याएको छ । बैंकमा प्लाटिनम सेभिङ खाता खोलेका ग्राहकहरुका लागि प्लाटिनम लाउन्ज सेवा संचालनमा ल्याइएको बैंकले जनाएको छ ।
प्लाटिनम सेभिङ खातामा बैंकले साढे ६ प्रतिशतसम्म व्याज प्रदान गर्दै आएकोमा हाल साढे ५ प्रतिशतसम्म व्याज प्रदान गर्ने बताएको छ । न्युनतम ५ लाख रुपैयाँ मौज्दातमा खोल्न सकिने प्लाटिनम सेभिङ खाताका ग्राहकहरुले अब लाइन नबसी र कुनै झन्झट विना नै सेवा लिन पाउने बैंकका महाप्रबन्धक जीवन भट्टराइले बताए । उनका अनुसार प्लाटिनम लाउन्जमा सम्पूर्ण बैंकिङ सुविधाका साथै ग्राहहरुका लागि बस्नका लागि सोफा, चिया कफि, फ्रि वाइफाइ लगायतका सुविधाहरु प्रदान गरिने छ ।
यो नयाँ सुविधा अहिले बैंकको मुख्य कार्यालयमा मात्र प्रदान गरिएको छ भने आगामी दिनमा अन्य शाखाहरुमा पनि विस्तार गर्ने योजना बैंकको रहेको छ ।

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top