AdAd
Ad

हस्तकला व्यापार मेलामा बाक्लो घुँइचो

काठमाण्डौं, मंसिर ५ । सार्क हस्तकला प्रदर्शनी मेलाको पहिलो र दोस्रो दिनमा करिब ५४ हजारले मेला अवलोकन गरेको आयोजकले जानकारी दिएको छ । मेलामा सार्क राष्ट्रका विभिन्न हस्तकलाका वस्तुहरु प्रदर्शनी एवं बिक्रीमा राखिएका छन् । मेलामा काष्ठ, धातु, चाँदी, पश्मिना, कागज तथा अन्य स्थानिय वस्तुहरुबाट उत्पादित हस्तकलाका वस्तुहरु अवलोकन गर्न सकिन्छ । मंसिर ४ देखी ८ गतेसम्म चल्ने यस मेलामा बिक्री र अर्डरमार्फत २ करोड रुपैयाँ बराबरकोे कारोबार भएको प्रारम्भिक अनुमान आयोजकको रहेको छ । मेलामा दक्षिण एसियाली राष्ट्रहरु भारत, पाकिस्तान, बंगालादेश, श्रीलंका र अफगानिस्तानको सहभागीता रहेको छ । देश भित्र काठमाडौं उपत्यका लगायत २५ जिल्लाका विभिन्न ग्रामीण देखि शहरी क्षेत्र सम्मका हस्तकलाको प्रतिनिधित्व रहेको छ ।
हस्तकला क्षेत्रमा झण्डै १० लाख जनाले रोजगारी प्राप्त गरी रहेका छन् भने आन्तरिक र विदेश निर्यात गरी झण्डै १६ अर्ब भन्दा बढीको कारोबार रहेको अवस्था छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top