AdAd
Ad

हुदहुद आँधि र पर्यटन बोर्डमा देखिएको विवादका कारण पोखरामा पर्यटन आगमनमा कमी

पोखरा, २३ मंसिर । नेपालको पर्यटकीय स्थल मध्येको सबैभन्दा बढी विदेशी पर्यटकहरुको चहलपहल हुने पोखरामा यो वर्ष विदेशी पर्यटक आगमनमा १५ देखी २५ प्रतिशतले कमी आएको व्यावसायीहरुले बताएका छन् ।
पर्यटन सिजन शुरु भएसंगै भातरमा आएको हुदहुद आँधिको प्रभावले नेपालमा पनि देखिएको र लगातार वर्षाका कारण पर्यटकहरुको आगमनमा ठुलै असर प¥याएको व्यावसायीहरु बताउँछन् । त्यसका अलवा लामो समयसम्म नेपाल पर्यटन बोडमा देखिएको विवाद र अस्थिरताले पोखरामा विदेशी पर्यटक आगमनमा कमी आएकोे पश्चिमाञ्चल होटल व्यावसायी संघका अध्यक्ष हरि शर्माको भनाई रहेको छ ।
विगतका वर्षहरुमा भन्दा यो वर्ष पोखराका होटलहरुमा १५ देखी ३० प्रतिशतले व्यापारमा कमी आएको छ । पर्यटकिय मौसममा भरिभराउ हुने पोखरा लेकसाईडका होटलहरु यो वर्ष प्राय खालि नै हुने अवस्थामा पुगेको शर्मा बताउँछन् । यो वर्षको पहिलो पर्यटकिय मौसममा पर्यटन व्यावसायी र नेपाल पर्यटन बोर्डको विवादका कारण पर्यटन आगमनमा कमी आयो, त्यसपछि पछिल्लो सिजनमा हुदहुद आँधिले पर्यटन आगमनमा ठुलै क्षति पु¥याएको लेकराईडका पर्यटन व्यावसायीहरु बताउँछन् ।
नेपाल आउने पर्यटकहरु मध्ये करिब २ लाख भन्दा बढीको संख्यामा सडक यातायात र २ लाखकै हाराहारीमा हवाई मार्ग प्रयोग गरेर पर्यटकहरु पोखरा भित्रने गरेको तथ्याङक रहेको ट्रकिङ एजेन्सि एसोसिएसन नेपाल पश्चिमाञ्चल क्षेत्रिय संघका अध्यक्ष रामचन्द्र शर्मा बताउँछन् । साथै पोखरा आन्तरिक पर्यटकहरुको पनि पहिलो रोजाइमा परेको गन्तव्य हो ।
पर्यटन पुर्वाधार विकास गर्न नसक्दा, आन्तरिक पर्यटकहरु चलायमान नभइदिँदा जलवायु परिवर्तन लगायतका अन्य कारण पनि पोखरामा पर्यटन आगमनमा कमी आएको पोखरा पर्यटन परिषदका अध्यक्ष सुर्य बहादुर भुजेलले बताए ।
७ तालको बगैँचाका रुपमा चर्चा कमाएको पोखरामा पछिल्लो समयमा प्याराग्लाईडिङ, क्यानोनिङ, टे«किङ लगायतका जोखिमपुर्ण खेलको विकासले केही वर्ष यता पोखरा आउने पर्यटको संख्यामा बृद्धि भएको थियो । माछापुच्छे धौलागिरी लगायतका हिमालको मानोरम दृश्य अवलोकन, आदिवासी जनतातिहरुको परम्परागत संस्कृती अवलोकन, अन्नपुर्ण पदमार्ग, लगायतका क्षेत्रमा पर्यटकहरुको चाप बढी हुने पोखरामा यो वर्ष पर्यटक आगमनमा कमी आएपछि पर्यटन व्यवसायीहरु चिन्तित बनेका छनै् । पोखरामा मात्रै पर्यटन व्यावसायको क्षेत्रमा अर्बौ लगानी भएको जानकारी दिइएको छ ।
पछिल्लो समयमा उत्पादन क्षेत्रमा लगानी गर्ने व्यवसायीहरुले समेत अहिले पोखराको पर्यटन क्षेत्रमा लगानी गर्दै आएका छन् । त्यसैले अहिले पोखरा तथा यस आसपासमा व्यावसायीहरुहरुले उत्पादन भन्दा पर्यटन क्षेत्रमा बढी लगानी गरेको देखिन्छ ।

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top