AdAd
Ad

हेलो सरकारको तीन वर्ष पुरा, गृह प्रशासनबारे गुनासा धेरै

काठमाडौं, १८ मंसिर । गृहमन्त्रालय सबैभन्दा बढि उजुरी पर्ने सरकारी निकायको रुपमा देखिएकोे छ । जनताको गुनासाहरुलाई सुनुवाइ गर्न गठन भएको हेलो सरकारले आफ्नो स्थापनाको ३ वर्षको समिक्षा गर्दै तयार पारेको रिपोर्टका अनुसार यस अवधीमा गृहमन्त्रालयमा सबैभन्दा बढि ५ हजार ७ सय ९५ वटा उजुरी दर्ता भएको छ ।
त्यसपछि शिक्षा मन्त्रालय अन्तरगत ५ हजार ६३ वटा, संघिय मामला तथा स्थानीय विकास मन्त्रालय २ हजार ६ सय ३६ वटा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय २ हजार २ सय ६५ वटा, नेपाल विद्युत प्राधिकरण १ हजार ६ सय १५ वटा, अर्थमन्त्रालय १ हजार ४ सय ६५ वटा, वाणिज्य तथा आपुर्ति मन्त्रालय १ हजार ४ सय ३८ वटा, श्रम तथा रोजगार मन्त्रालय १ हजार ३ सय ३३वटा , र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय १ हजार ३९ वटा उजुरी दर्ता भएका छन् ।
जसअन्तरगत गृहममन्त्रालयले ९८ प्रतिशत, शिक्षा मन्त्रालय र अन्तरगत ९९ प्रतिशत, संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय र अन्तरगत ९७ प्रतिशत, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय ८५ प्रतिशत, अर्थमन्त्रालय र अन्तरगत ९९ प्रतिशत, वाणिज्य तथा आपूर्ति मन्त्रालय र अन्तरगत शतप्रतिशत र श्रम तथा रोजगार मन्त्रालय र अन्तरगत ९२ प्रतिशत गुनासाहरु फर्छौट भएका छन् । यस अवधीमा हेलो सरकार कक्षले पनि १ हजार ७ वटा उजुरी फर्छौट गरेको छ । प्राप्त गुनासाहरु प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ३३ वटा केन्द्रिय स्तरका निकायमा फर्छौटका लागि पठाउने गरेको छ ।
२०६८ कार्तिक १७ गते स्थापना भएको हेलो सरकारमा कार्तिक मसान्तसम्म ३३ हजार ६ सय गुनासा तथा उजुरी दर्ता भएको र त्यसमा ९६ प्रतिशत फर्छौट भएका छन् । हाल औसत ५ सय वटा गुनासाहरु मासिकमा रुपमा दाखिला हुने गरेका छन् ।
हेलो सरकारको प्रभावकारीतालाई बढाउनका लागि क्षेत्रीय स्तरमा विस्तार गरी ५ वटै क्षेत्रीय प्रशासन कार्यालयमा समेत रहने व्यवस्था गरिन लागेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शान्तराज सुवेदीले जानकारी दिनुभए । हेलो सरकारमा जनगुनासो लागि ११११ मा फोन वा एस.एम.एस गर्न वा ११०० मा पm्याक्स गर्न सकिन्छ ।

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top