AdAd
Ad

१३ वर्षपछि राष्ट्र बैंकले हस्तान्तरण ग-यो नेपाल बैंक Featured

काठमाडौं, २८ मंसीर । नेपाल राष्ट्र बैंकले आइतबारबाट नेपाल बैंकको सञ्चालन यसका सञ्चालकलाई सुम्पेको छ । वित्तिय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत राष्ट्र बैंकले नियन्त्रणमा लिएर सुधार गरिरहेको यस बैंक १३ वर्षपछि यसका सञ्चालकमा हस्तान्तरण भएको हो । नेपालको सबैभन्दा पुरानो यस बैंक ठूलो परिमाणमा निष्क्रिय कर्जाको आकार बढ्दै गएपछि प्राविधिक रुपले टाट पल्टेको यस बैंकलाई राष्ट्र बैंकले फागुन २४, २०५८ मा नेपाल बैंकलाई नियन्त्रणमा लिएर सुधारका कारबाही अगाडी बढाएको थियो । “मुख्यतः खराब कर्जाको असुली प्राथमिकता थियो,” बैंक हस्तान्तरणपछि राष्ट्र बैंकका तर्फबाट पछिल्लो समय बैंकको व्यवस्थापन संयोजक रहेका महेश्वरलाल श्रेष्ठले भने, “हाम्रो उद्देश्य अनुसार काम सम्पन्न गरि बैंकका सञ्चालकलाई हस्तान्तरण गरेका छौं ।
यसैबीच नेपाल बैंकको आइतबार सम्पन्न विशेष साधरणसभाले निश्चल प्रधान र सुरेन्द्रबहादुर सिंहलाई सर्वसाधरणका तर्फबाट सञ्चालक नियुक्त गरेको छ । नेपाल बैंकमा सरकारको ६२ प्रतिशत सेयर छ र सरकारका तर्फबाट चारजना सञ्चालक र एक जना विशेषज्ञ सञ्चालक नियुक्त हुनेछन् ।
अहिले नेपाल बैंकको वित्तिय अवस्था सन्तोषजनक र स्थिर रहेको छ, यद्यपि यसले केन्द्रीय बैंकले निर्दीष्ट गरेका नियामकीय आवश्यकताहरु पुरा गर्न भने बाँकी रहेको नेपाल राष्ट्र बैंकका प्रवक्ता मनमोहन कुमार श्रेष्ठ बताउँछन् । बैंकको पुँजी कोष पर्याप्तता अनुपात ५.२८ प्रतिशत रहेको छ जुन १० प्रतिशत पु¥याउनुपर्छ । चालु आवको पहिलो त्रैमासमा नेपाल बैंकको खराब कर्जा घटेर ४.७८ प्रतिशत छ । यस्तो कर्जा ५ प्रतिशतभन्दा नाघ्नुलाई भने राम्रो मानिदैंन ।
समीक्षा अवधिमा नेपाल बैंकको नाफा पनि उल्लेख्य बढेको छ । नाफा वृद्धिदरका आधारमा चालु आवको पहिलो त्रैमासमा नेपाल बैंकको नाफा वृद्धि दर सबैभन्दा बढी देखिन्छ । बैंकले चालु आवको पहिलो त्रैमासमा गत आवको सोही अवधिको तुलनामा १३ गुणाले नाफा वृद्धि गरी २६ करोड ९१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top