AdAd
Ad

६ प्रतिशत व्याजदरमा कृषि कर्जा अब अन्य वित्तीय संस्थाहरु मार्फत पनि Featured

शमुयल राना मगर , २५ मंसिर । चालु आर्थिक वर्षको बजेटमार्फत कृषि क्षेत्रलाई थप विकास गर्न वाणिज्य बैंकमार्फत ६ प्रतिशत व्याजदरमा कृषि कर्जा प्रवाहको व्यवस्था गरिएको छ । उक्त कर्जाको दायरालाई थप विस्तार गरी अब अन्य वित्तीय संस्थामार्फत पनि सो कर्जा ६ प्रतिशतमा पाइने भएको छ । यस अघि केन्द्रिय बैंकले कृषि कर्जाको पहुँच विस्तार गर्न वाणिज्य बैंकमार्फत ६ प्रतिशत व्याजदरमा कृषि कर्जा प्रवाहको कार्यविधी सार्वजनिक गरेको थियो ।

बजेटमार्फत सरकारले कृषि क्षेत्रको दिगो विकास तथा सहभागिता वृद्धिका लागि सरकारले न्युनतम व्याजदरमा कृषि कर्जा प्रवाह गर्ने बताएको थियो । सोहि अनुरुप सरकारले वाणिज्य बैंकहरु मार्फत कृषि कर्जाको व्याजदर ६ प्रतिशत तोकेको हो । साथै सरकारले कृषि कर्जाको लागि अनुदानको समेत व्यवस्था गरेको छ ।
केन्द्रिय बैंकले जारी गरेको कार्य्विधी अनुसार वाणिज्य बैंकहरुले मात्रै ६ प्रतिशतमा कृषि कर्जा प्रवाह गर्न पाउने प्रावधान रहेको छ । तर विकास बैंक, वित्त कम्पनी तथा लघुवित्त संस्थाहरुले पनि उक्त व्याजदरमा कृषि कर्जा प्रवाह गर्न पाउनपर्ने माग राख्दै आएको थिए । जसलाई सम्बोधन गर्न केन्द्रिय बैंकले वाणिज्य बैंकसंगै अन्य वित्तीय संस्थाहरुले समेत ६ प्रतिशतमा कृषि कर्जा प्रवाहको प्रस्ताव अर्थमन्त्रालय पठाएको जानकारी दिएको छ ।
कृषि कर्जाको पहुँच अभिवृद्धिले कृषि क्षेत्रको दिगो विकास हुने अपेक्षा गरिएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाममा बैंक वित्तीय संस्थाहरु मार्फत कृषि क्षेत्रतर्फको कर्जा २ अर्ब ७० करोड रुपैयाँले बढेको केन्द्रिय बैंकको सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

 

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top