AdAd
Ad

७० औँ अन्तराष्ट्रिय नागरिक उड्डयान दिवसको अवसरमा २ जना पाईलट सम्मानित

कठमाडौं, २१ मंसिर । आज ७० औँ अन्तराष्ट्रिय उड्डयन दिवस मनाईएको छ । उक्त अवसर पारेर प्रभु शरण पाठक स्मृति प्रतिष्ठानले नेपालको दुर्गम क्षेत्रहरु सुरक्षित तरिकाले जहाज उडाएको भन्दै मनाङ एयरलाईन्सका प्रमोद लामा र यति एयरलाईन्सका ज्ञान प्रकाश राईलाई सम्मान गरेको छ ।
नेपालमा उडान संचालनको क्षेत्रमा योगदान पु¥याउर्दै आएको भन्दै क्याप्टेन द्धय लामा र राईलाई प्रतिष्ठानले जनही २५ हजार रुपैयाँ, सम्मानपत्रका साथमा दोसल्ला ओडाएर सम्मान गरेको हो ।
सन् १९४४ डिसेम्बर ७ को दिनमा जापानको सिकार्गो शहरमा भएको नागरिक उड्डयन सम्बन्धि महासन्धिमा हस्ताक्षर भएको दिनको सम्झनामा विश्वभरी डिसेम्बर ७ लाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसका रुपमा मनाईदै आएको छ ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयान दिवसको अवसरमा नागरिक उड्डयन प्राधिकरण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल बायु सेवा निगम र बायु सेवा संञ्चालक संघले संयुक्त रुपमा प्रभातफेरीको आयोजना गरेको थियो । प्रभातफेरी सिनामंगलबाट सुरु भएर एयरपोर्टमा गएर समापान भएको थियो ।
प्रभातफेरी समापन समारोहमा मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठ, नागरिक उड्डयन प्राधिकरणका महानिर्देेशक रतिशचन्द्र लाल सुमन , बायु सेवा संञ्चालक संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापा लगायतकाले नेपालमा बढ्दो हवाई दुर्घट्ना न्युनिकरणका लागि सबैले आ–आफ्नो क्षेत्रबाट सबैले पहल गर्नु पर्नेमा जोड दिएका थिए ।

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top