AdAd
Ad

Monthly Archives: March 2015

-याडिसन रिर्साेट अब रेड सन रिर्साेट बन्ने Featured

काठमाडौं, १७ चैत्र । भैरहवामा संचालनमा रहेको -याडिसन रिर्साेटले नाम परिवर्तन गर्ने भएको छ । बहुराष्ट्रिय कम्पनी -याडिसन होटलसंग नाम मिल्दो जुल्दो भएपछि रिर्साेटले नाम परिवर्तन गर्न लागेको हो । ‘पहिला कम्पनी दर्ता गर्दा -याडिसन कै नाममा गरियो, पछि केहि विवाद आउन थाल्यो,’ रिर्साेटका महाप्रबन्धक अमृत खनाले जानकारी दिए । नाम परिवर्तनसंगै -याडिसन रिर्साेट अब…

Read more

ट्रेडमार्क होल्ड गरेर बस्नेलाई कारबाही गर्छौः उद्योगमन्त्री बस्नेत

काठमाडौं, १७ चैत्र । उद्योगमन्त्री महेश बस्नेतले एउटै व्यापारीले धेरै वटा उत्पादन कम्पनीको ट्रेडमार्क लिएर काम नगरी बस्ने प्रबृति बढ्दै गएकाले त्यस्ता व्यापारीहरुलाई कारबाही गर्ने बताएका छन् । मन्त्रालयमा एक जना व्यापारीले सयौंको संख्यामा ट्रेडमार्क लिने तर काम नगरेको भन्ने गुनासो बढ्दै जान थालेकाले यस्ता व्यापारीहरुको गतिविधिलाई अनुसन्धान गरेर कारबाही गर्ने तयारीमा मन्त्रालय लागेको मन्त्री बस्नेतले…

Read more

नेपाल प्रज्ञा प्रतिष्ठानलाई अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र बनाइने

काठमाडौं, १७ चैत्र । झण्डै ५० वर्ष अगाडी निमार्ण गरिएको नेपाल प्रज्ञा प्रतिष्ठानको भवनलाई अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्रको रुपमा विकास गर्ने तयारीमा नेपाल पर्यटन बोर्डले काम अगाडी बढाउने भएको छ । नेपालमा अन्तर्राष्ट्रिय स्तरका सेमिनार तथा सम्मेलन आयोजना गर्न प्रज्ञा प्रतिष्ठान भवनको स्तरवृद्र्धि गर्ने लागिएको नेपाल पर्यटन बोर्डका निर्देशक कृष्ण राज भण्डारीले बताए । होटल…

Read more

“निर्यात प्रबद्र्धनका सम्बन्धमा सरकार अझै सिरियस छैन” Featured

सुनिता कार्की काठमाडौं, १६ चैत्र । केन्द्रीय बैंकले गरेको चालु आर्थिक वर्षको ७ महिनाको समिक्षा अनुसार मुलुकको व्यापारघाटा १६.१ प्रतिशतले वृद्धि भई ३ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ । कुल वस्तु व्यापार घाटामध्ये समीक्षा अवधिमा भारत, चीन र अन्य मुलुकसँगको व्यापार घाटा क्रमशः १०.७ प्रतिशत, ५१.५ प्रतिशत र १३.२ प्रतिशतले बढेको छ । अघिल्लो…

Read more

मौसममा आएको खराबीसंगै अन्तर्राष्ट्रिय उडान अवतरण गर्न सकेनन्, लुक्लाको सबै उडान रद्ध

काठमाडौं, १६ चैत्र । मौसममा आएको खराबीका कारण नेपालको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अधिकांश अन्तर्राष्ट्रिय उडानहरु अवतरण गर्न सकेका छैनन् । अन्तर्राष्ट्रिय उडानलाई विमानस्थलमा अवतरण गराउन नसेपछि १० वटा जहाजहरुलाई भारत तथा चिन तर्फ स्थान्तरण गरिएको छ । स्थानस्तरण गरिएका विमानहरुमा जेट एयरलाईन्सको २ वटा जहाजहरुलाई भारतको लखनउमा स्थातन्तरण गरिएको छ भने एयर चाईनालाई…

Read more

मापदण्ड पुरा नभएका ब्रिजकोर्श सेन्टरले विद्यार्थी ठग्ने क्रम बढ्यो, अनुगमन गर्ने निकाय धेरै काम भने शुन्य Featured

शैलेन्द्र मिश्र काठमाडौं, १६ चैत्र । काठमाण्डौ उपत्यका लगायत देशका विभिन्न ठुला शहरहरुमा विद्यार्थी ब्र्रिजकोर्श (पुर्व तयारी कक्षा) को नाममा विद्यार्थी तथा अभिभावकहरु ठगिने क्रम दिन प्रतिदिन बढ्दै गएको छ । एस.एल.सी र कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई मध्यनजर गरेर खोलिएका पुर्व तयारी कक्षा तथा परार्मश केन्द्रले मनलाग्दी तरीकाले विद्यार्थीहरुसंग पैसा लिने गरेका…

Read more

पुष्प व्यवसाय संकटमा

शैलेन्द्र मिश्र काठमाडौं, १६ चैत्र । राजिनितिक अस्थिरतका कारण फुल निर्यातमा ९० प्रतिशत भन्दा बढिले कटौती आएको नेपाल फ्लोरिकल्चर एशोसिएसनले जनाएको छ । नेपालमा २०६२÷०६३ आन्दोलन पछि फस्टाएको पुष्प व्यावसायले केही वर्ष युरोपेली देशहरुका साथै जापान र बेलायतमा बार्षिक १९ करोड रुपैयाँ सम्मको फुल निर्यात गरेको तथ्याङ्क फ्लोरिकल्चर एशोसिएसनसंग रहेको छ । सन् २०१० मा…

Read more

आन्तरिक लेखापरिक्षणलाई प्रभावकारी बनाउनुपर्छ Featured

काठमाडौं, १६ चैत्र । नेपालको आन्तरिक लेखापरीक्षणलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याइएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) र कन्फेडेरेशन अफ एसिएन एण्ड प्यासिफिक एकाउन्ट्सको संयुक्त आयोजनामा भएको २ दिने सार्वजनिक क्षेत्र वित्तिय व्यवस्थापन सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलनमा सरकारी अधिकारीहरुले नै आन्तरिक लेखापरीक्षणलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताएका हुन् । सार्वजनिक क्षेत्रलाई पारदर्शी बनाउन र प्रभावकारी…

Read more

राष्ट्र बैंकलाई डिक्टेटर नबनाउनुस्ः गभर्नर नेपाल, नयाँ गभर्नरलाई निवर्तमान गभर्नरले सघाउने Featured

काठमाडौं, १५ चैत्र । केन्द्रिय बैंकका गभर्नर डा. चिरंजिबी नेपालले राष्ट्र बैंकलाई डिक्टेटर नबनाउन बैंकर्सलाई आग्रह गरेका छन् । गभर्नर नेपालले केन्द्रिय बैंकको काम म्याक्रो इकोनोमि सम्हाल्ने हो, माइक्रो इकोनोमिमा अल्झिन बाध्य नगराउन बैंकर्सहरुलाई बताए । ‘बैंक वित्तीय संस्थाहरु राष्ट्र बैंकले हेर्दिए हुने भन्ने अपेक्षा नगर्नुस्, राष्ट बैंकको काम एउटा संस्था भन्दा सम्पुर्ण बैकिङ क्षेत्र…

Read more

उपत्यका भित्रका अधिकांस पेट्रोल पम्प असुरक्षित, पेट्रोल पम्पहरु मापदण्ड अनुरुप संचालनमा छैनन् Featured

काठमाडौं, १४ चैत्र । काठमाडौं उपत्यका भित्र संचालनमा रहेका १ सय ४३ वटा डिजेल तथा पेट्रोल बिक्री केन्द्र (पम्प)हरु जोखिम न्युनिकरणका हिसावले असुरक्षित रहेको देखिएको छ । पेट्रोलियम जस्तो अति सम्बेदनशील र प्रज्वलन्सिल पद्धार्थको भण्डारण गर्दै उपभोक्ताहरुलाई बिक्री वितरण गर्ने पम्पहरुमा आकस्मिकरुपमा दुर्घटनाहरु भए जोखिम न्युनिकरणको पुर्व तयारीका लागि पर्याप्त ध्यान नदिएको पाइएको छ । २०६५…

Read more
Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top