AdAd
Ad

Monthly Archives: October 2017

डाटा एनालिटिक्समा थपियो नयाँ फिचर

काठमाडौं, १४ कात्तिक । केही समय अघि सञ्चालनमा आएको मेरो लगानी डाटा एनालिटिक्स अनलाइन सफट्वेयरमा नयाँ फिचर थप गरिएको छ । साधारण लगानीकर्ताको हितलाई ध्यानमा राखेर यस्तो फिचर थप गरिएको हो । यो फिचरबाट निश्चित समयमा कुनै सूचकमा कति परिवर्तन भयो र त्यसको असर क्षेत्रगत रुपमा कति पर्यो भन्ने देखाउँछ । डाटा एनालिटिक्समा थप गरिएको…

Read more

धितोपत्र सम्बन्धि काम गर्ने संस्थाहरुसँग बोर्डले माग्यो लेखापरीक्षकबाट प्रमाणित नियम परिपालनाको प्रतिवेदन

काठमाडौं, १४ कात्तिक । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारको विकास र विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका नेपाल स्टक एक्सचेन्ज, सिडिएस एण्डक्लियरिङ्ग लिमिटेड, धितोपत्र दलाल व्यवसायी र मर्चेन्ट बैंकरले अर्धवार्षिक रुपमा लेखापरीक्षकवाट प्रमाणित नियम परिपालना प्रतिवेदन पेश बोर्ड गर्नुपर्ने व्यवस्था गरेको छ । बोर्डले प्रेस विज्ञप्ती जारि गर्दै सोबारे जानकारी दिएको हो । यस व्यवस्थावाट…

Read more

नेपाल ग्रामिण विकास बैंकको शेयर सुचिकृत

काठमाडौं, १४ कार्तिक । नेपाल स्टक एक्सचेन्जमा नेपाल ग्रामिण विकास बैंकको पुनः शेयर निष्कासन एफपिओ सुचिकृत भएको छ । बैंकले ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता शेयर निष्कासन गरेको थियो । बैंकले भदौ २७ देखी ३१ गते सम्म सो शेयरको बिक्री खुल्ला गरेको थियो । नेप्सेमा सुचिकृत उक्त शेयरको कारोबार…

Read more

शिखर इन्स्योरेन्सले २९ प्रतिशत बोनस दिने, चुक्ता पुँजी १ अर्ब नाघ्ने

काठमाडौं, १४ कार्तिक । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीहरुलाई २९ प्रतिशत बोनस शेयर दिने भएको छ । यस्तै कम्पनीले कर प्रयोजनका लागि १.५२ प्रतिशत नगद लाभांश दिने बताएको छ । कम्पनीको कार्तिक १३ गते बसेको संचालक समितिको बैठकले उक्त लाभांश वितरणको निर्णय गरेको हो । शिखर इन्स्योरैन्सको हाल चुक्ता पुँजी ८१ करोड ७६ लाख रुपैयाँ…

Read more

निर्माण व्यवसायी महासंघको अध्यक्षको जिम्मेवारी विष्णुभाई श्रेष्ठलाई

काठमाडौं, १४ कात्तिक । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा विष्णुभाई श्रेष्ठलाई पदस्थापन गरिएको छ। महासंघको सोमबार बसेको कार्य समितिको बैठकले वर्तमान वरिष्ठ उपाध्यक्ष श्रेष्ठलाई अध्यक्षमा पदस्थापन गरेको हो । गत असोज २३ मा अध्यक्ष शरदकुमार गौचनको हत्या भएपछि श्रेष्ठले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए। सोमबारकै बैठकले वरिष्ठ उपाध्यक्षमा लक्ष्मणुकमार रानालाई पदस्थापन गरेको छ ।…

Read more

नेपालमा लगानी गर्न अष्ट्रेलियाका व्यवसायीलाई उद्योग मन्त्रीको आग्रह

काठमाडौं, १४ कात्तिक । उद्योग मन्त्री सुनिलबहादुर थापाले अष्ट्रेलियाका व्यवसायीहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल–अष्ट्रीय इकोनोमिक फोरमले संयूक्त रुपमा राजधानीमा आज आयोजना गरेको अन्तरक्रिर्या कार्यक्रममा मन्त्री थापाले नेपालमा लगानीको ठुलो सम्भावना रहेको भन्दै लगानीका लागि आग्रह गरेका हुन । उनले राजनीतिक अस्थिरताका कारण नेपालमा लगानीमैत्री वातावरण छैन…

Read more

माछापुच्छ्रे बैंकको पाल्पा शाखा स्थानान्तरण

काठमाडौं, १४ कात्तिक । माछापुच्छ्रे बैंक लिमिटेडले पाल्पाको तानसेन ३ मा अवस्थित शाखालाई पाल्पाकै शिल्खानटोल,तानसेन ४ मा स्थानान्तरण गरेको छ । उक्त शाखाको उद्घाटन पाल्पाका मेयर अशोक कुमार शाहीले गरेका थिए । थप सुविधाजनक स्थानबाट संचालनमा आएको यस शाखाबाट बैकले आफ्ना ग्राहकहरुलाइ कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ । यसका साथै २४…

Read more

आयल निगमको कार्यकारी निर्देशकमा शुशील भट्टराई Featured

काठमाडौं । सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा शुशील भट्टराईलाई नियुक्त गरेको छ । भण्डारण निर्माणका लागि जग्गा खरिद विवादमा मुछिएका गोपाल खड्कालाई सरकारले बर्खास्त गरेको भएपनि सर्वोच्चको अन्तरिम आदेशपछि उनी पुनः निगमको कार्यकारी निर्देशकमा थमौती भएका थिए । राजनीतिक नियुक्तिमा आएका भएपनि खड्कालाई आपूर्ति मन्त्रालयमा तानिएको छ । खड्कालाई हटाएर आपूर्ति मन्त्रालयले अन्तरिम कालका…

Read more

नेपाली कांग्रेसले निर्वाचनका लागि घोषणापत्र जारी गर्यो

काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रदेश र प्रतिनिधि सभाका लागि पार्टीको घोषणा पत्र तयार पारेको छ । घोषणा पत्रमा कांग्रेस प्रमुख प्रतीपक्षी नेकपा एमालेमाथि खनिएको छ। उसले एमालेलाई राष्ट्रिय एकता र सम्वृद्धिको बाधक भएको आरोप लगाएको छ। ‘नेकपा एमाले) लेराजनीतिक पार्टीको चरित्र गुमाउँदैआफ्ना लेबी बुझाउने सक्रिय नेता र कार्यकर्ताका भातृ संगठनकोमाध्यमबाट अस्पताल–मेडिकल कलेज, एनजीओसंचालन, सहकारी…

Read more

आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का मन्त्रालय तानिए

काठमाडौं, १३ कात्तिक । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई आपूर्ति मन्त्रालयले मन्त्रालयमा तानेको छ । स्रोतका अनुसार उनलाई आजैबाट मन्त्रालयमा हाजिर हुने गरी तानिएको हो । अनियमितताका विभिन्न प्रकरणमा मुछिएका आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई असोज २ गतेको मन्त्रिपरिषद बैठकले बर्खास्त गरेको थियो । मन्त्रिपरिषद्को बैठकले संसदीय समितिको सिफारिसमा भ्रष्टाचारमा मुछिएका खड्कालाई…

Read more
Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top