AdAd
Ad

पहिलो त्रैमासमा ८४ अर्ब २७ करोड राजस्व संकलन

काठमाडौं, कार्तिक २४ । सरकारले चालु आर्थिक वर्षको असोज महिनासम्म ८४ अर्ब २७ करोड ३३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ, गत आर्थिक वर्षको तुलनामा राजस्व १६.३५ प्रतिशतको दरले वृद्धि भएको अर्थमन्त्रालय राजस्व महाशाखाले जनाएको छ । “असोज महिनासम्मको राजस्व लक्ष्य ७९ अर्ब २९ करोड ४२ लाख रुपैयाँ रहेकोमा लक्ष्यभन्दा बढी राजस्व असुली भएको छ,” महाशाखा प्रमुख राजन खनालले भन्नुभयो, “असोज महिनामा मात्रै २९ अर्ब १९ करोड रुपैयाँ राजस्व संकलन भएको छ, गत आर्थिक वर्षमा सोही महिनामा २७ अर्ब सात करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।” कुल राजस्व संकलनमध्ये कर राजस्व बापत् ७४ अर्ब ६६ करोड १८ लाख र गैरकरर्फ नौ अर्ब ६१ करोड १५ लाख रुपैयाँ संकलन भएको छ । कुल राजस्व संकलनमा गैर कर राजस्वको योगदान ११.४१ प्रतिशत देखिन्छ । समीक्षा अवधिमा भन्सार महशुलतर्फ १८ अर्ब ५९ करोड ५२ लाख रुपैयाँ संकलन भएको छ, जुन गत आवको सोही अवधिको तुलनामा २३.६५ प्रतिशतले बढी हो । गत आवको असोज महिनासम्म भन्सार महशुलबाट १५ अर्ब ३ करोड ८४ लाख रुपैयाँ संकलन भएको थियो । त्यस्तै समीक्षा अवधिमा मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ २८ अर्ब २१ करोड ३२ लाख रुपैयाँ संकलन भएको छ जुन गत आवको तुलनामा १९.३६ प्रतिशतले बढी हो । अन्तशुल्कतर्फ, गत आवको तुलनामा २५.३९ प्रतिशतले राजस्व प्राप्ति वृद्धि भई १३ अर्ब तीन करोड ४९ लाख रुपैयाँ संकलन भएको छ । समीक्षा अवधिमा आयकरतर्फ १० अर्ब ४२ करोड दुई लाख रुपैयाँ संकलन भएको छ, गत आवको सोही अवधिमा आयकरतर्फको असुली नौ अर्ब १८ करोड ८२ लाख रुपैयाँ थियो । त्यस्तै, समीक्षा अवधिमा रजिष्ट्रेसन दस्तुरबापत् ४ अर्ब ३९ करोड ८१ लाख प्राप्ति भएको छ । जुन गत आवको सोही अवधिको तुलनामा २९.६३ प्रतिशतले बढी हो । गैर करतर्फ भने चालु आवमा सामान्य वृद्धि देखिन्छ । समीक्षा अवधिमा गैरकर राजस्वतर्फ नौ अर्ब ६१ करोड १५ लाख संकलन भएको छ, यस्तो राजस्व गत वर्ष सोही अवधिमा नौ अर्ब ४४ करोड ४० लाख संकलन भएको थियो । समीक्षा अवधिमा संकलित राजस्वमध्ये शीर्षकगत रुपमा मूल्य अभिवृद्धि करको २८ प्रतिशत, भन्सार महशुलको २२ प्रतिशत, अन्तःशुल्कको १७ प्रतिशत, आयकरको १० प्रतिशत तथा गैरकर राजस्वको १९ प्रतिशत योगदान रहेको छ । सरकारले चालु आर्थिक वर्ष २०७१÷७२ मा चार खर्ब २२ अर्ब ९० करोड रुपैयाँ राजस्व असुली गर्ने लक्ष्य राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 2 =

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top