AdAd
Ad

हाम्रो बारे

१. हृदयराज गौतम
सम्पादक
मुलुकको पहिलो साप्ताहिक आर्थिक कार्यक्रम अर्थअर्थको प्रबन्ध निर्देशक हृदयराज गौतमले आर्थिक पत्रकारिताको क्षेत्रमा करिब २० वर्ष बिताइसक्नु भएको छ ।  व्यवस्थापन संकायमा शैक्षिक योग्यता लिनु भएका गौतमको अगुवाइमा अर्थकोअर्थन्यूज डटकम २०७० साल देखि संचालनमा आइरहेको छ भने उहाँ सम्पादकको रुपमा पनि कार्यरत हुनुहुन्छ ।
२.सुनिता कार्की कोइराला
सह–सम्पादक
वि.स. २०६७ सालदेखि अर्थको अर्थमा कार्यक्रम निर्माताको रुपमा कार्यरत सुनिता कार्की कोइरालाले हेडलाइन्स एण्ड म्युजिक एफ.एमबाट प्रशिक्षार्थी पत्रकारको रुपमा काम सुरु गुर्नभएको हो । त्रिभुवन विश्वविद्यालय अन्तरगतको रत्नराज्य क्याम्पसबाट आमसंचार तथा पत्रकारितामा स्नात्तोकोतर  उत्तिर्ण गर्नुभएको छ । उहाँ अर्थकोअर्थन्यूज डटकममा २०७१ सालदेखि सह–सम्पादकको रुपमा कार्यरत हुनुहुन्छ ।
३. बाबुकृष्ण महर्जन
सह–सम्पादक
बाबुकृष्ण महर्जन अर्थकोअर्थन्यूज डटकममा २०७२ पुष महिनाबाट सह सम्पादकको रुपमा कार्यरत हुनुहन्छ । उहाँले व्यवस्थापन संकायमा स्नात्तोकोतर गर्नुभएको छ ।
४.शंकर पण्डित
संवाददाता
पर्यटन साप्ताहिक गन्तव्य नेपालबाट पत्रकारिता सुरु गर्नुभएका शंकर पण्डित विस २०७० सालदेखि करिब ३ वर्ष एभिन्युज टेलिभिजनबाट संवाददाताको रुपमा कार्यरत हुनुहुन्थ्यो । त्रिभुवन विश्वविद्यालय अन्तरगतको रत्नराज्य क्याम्पसबाट आमसंचार तथा पत्रकारितामा स्नातक उत्तिर्ण गर्नुभएको छ । उहाँ २०७३ जेठबाट अर्थकोअर्थन्यूज डटकममा संवाददाताको रुपमा कार्यरत हुनुहुन्छ ।

५. रामेश्वर तिमल्सिना
क्यामरा पर्सन
२०७१ बाट अर्थको अर्थ कार्यक्रममा क्यामरा पर्सनको रुपमा कार्यरत रामेश्वर तिमल्सिनाले २०६८ असारदेखि जनजिब्रो साप्ताहिमा सह प्रबन्धक तथा संवाददाताको रुपमा पत्रकारिता सुरु गर्नुभएको हो । उहाँ अहिले त्रिभुवन विश्वविद्यालय अन्तरगतको रत्नराज्य क्याम्पसबाट आमसंचार तथा पत्रकारितामा स्नात्तोकतर दोस्रो सेमेस्टरमा अध्ययनरत हुनुहुन्छ । उहाँ अर्थकोअर्थन्यूज डटकममा फोटोग्राफरको रुपमा पनि कार्यरत हुनुहुन्छ ।

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top