AdAd
Ad

आइतबार दुई सय रुपैयाँले सस्तियो सुन

काठमाडौं, २६ कार्तिक । स्थानिय बजारमा आइतबार छापावाला सुन प्रति तोला ५५ हजार नौ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबारको तुलनामा आइतबार सुन दुई सय रुपैयाँले सस्तिएको हो । शुक्रबार छापावाला सुन प्रति तोला ५६ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । कार्तिक महिनाको पहिलो दिन स्थानिय…

Read more

सीइओ भूसालद्धारा अमेरिकी कार्यबाहक राजदूतसँग भेट

काठमाडौं, कात्तिक २३ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० युवराज भूसालले बिहीबार अमेरिकी कार्यबाहक राजदूतसहितको प्रतिनिधिमण्डलसँग भेट गर्नु भएको छ । अमेरिकी राजदुतावासका चार्च डी अफेयर्स गोञ्जालेजले कार्यभार सम्हालेकोमा सिइओ भूसाललाई बधाई दिंदै पुनर्निर्माणका प्राथमिकताबारे जिज्ञासा राख्नुभएको थियो । जवाफमा सीइओ भूसालले आफ्नो जोड व्यवस्थापन र समन्वयमा हुने बताउनुभयो । उहाँले विगतमा नेपाल…

Read more

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता Featured

काठमाडौं । सरकारको निर्देशनपछि नेपाल आयल निगमले निर्वाचनको मुखमा गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गरेको छ । प्रधानमन्त्री देउवाले मूल्यवृद्धि तत्काल फिर्ता लिन आपूर्ति मन्त्री जयन्त चन्दलाई निर्देशन दिएपछि मन्त्री चन्दले आयल निगमलाई पत्र पठाएका थिए । मन्त्रीको निर्देशनपछि आज बिहानै आयल निगमको आकस्मिक बैठकबाट मूल्यवृद्धि फिर्ता भएको हो। नियमले नियमितरुपमा पेट्रोलियम पदार्थको मूल्य समायोजन…

Read more

उपभोक्ता ठगेको आरोपमा दरबारमार्गका आठ पसल संचालक पक्राउ

काठमाडौं, १५ कात्तिक । उपभोक्तासँग ठगी गरेको आरोपमा दरबारमार्गका आठ ब्राण्डेड पसलका सञ्चालकलाई महानगरिय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ। परिसरका प्रवक्ता रामदत्त जोशीका अनुसार पक्राउ पर्नेहरूमा वाच एण्ड सीका राजेश्वर श्रेष्ठ, तिरुपति प्रालिका नन्दन बिहानी, लेवल स्टोलका दितेन्द्र महर्जन, सुवास महर्जनका साथै एडभेञ्चर आउटडोरका रोशन ओडारी, लाइफ स्टाइल प्रालिका श्रीकृष्ण महर्जन, एभिन्यू मार्केटिङका उत्तमकुमार…

Read more

आयल निगमको कार्यकारी निर्देशकमा शुशील भट्टराई Featured

काठमाडौं । सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा शुशील भट्टराईलाई नियुक्त गरेको छ । भण्डारण निर्माणका लागि जग्गा खरिद विवादमा मुछिएका गोपाल खड्कालाई सरकारले बर्खास्त गरेको भएपनि सर्वोच्चको अन्तरिम आदेशपछि उनी पुनः निगमको कार्यकारी निर्देशकमा थमौती भएका थिए । राजनीतिक नियुक्तिमा आएका भएपनि खड्कालाई आपूर्ति मन्त्रालयमा तानिएको छ । खड्कालाई हटाएर आपूर्ति मन्त्रालयले अन्तरिम कालका…

Read more

नेपाली कांग्रेसले निर्वाचनका लागि घोषणापत्र जारी गर्यो

काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रदेश र प्रतिनिधि सभाका लागि पार्टीको घोषणा पत्र तयार पारेको छ । घोषणा पत्रमा कांग्रेस प्रमुख प्रतीपक्षी नेकपा एमालेमाथि खनिएको छ। उसले एमालेलाई राष्ट्रिय एकता र सम्वृद्धिको बाधक भएको आरोप लगाएको छ। ‘नेकपा एमाले) लेराजनीतिक पार्टीको चरित्र गुमाउँदैआफ्ना लेबी बुझाउने सक्रिय नेता र कार्यकर्ताका भातृ संगठनकोमाध्यमबाट अस्पताल–मेडिकल कलेज, एनजीओसंचालन, सहकारी…

Read more

सुन तोलामा दुईसय रुपैयाँले बढ्यो

काठमाडौं, १२ कार्तिक । आइतबार स्थानिय बजारमा सुन प्रति तोला दुई सय रुपैयाँले बढेको छ । गत शुक्रबार सुन प्रति तोला ५५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो भने आज आइतबार ५५ हजार सात सय रुपैयाँ कायम भएको छ । तिहार यता स्थानिय बजारमा सुनचाँदीको कारोबारमा सुस्तता आएको व्यवसायीहरुले बताएका छन् । यस वर्षको…

Read more

सुन तोलामा दुई सय रुपैयाँले घट्यो

काठमाडौं, ८ कार्तिक । स्थानिय बजारमा आज बुधबार सुन प्रति तोला ५५ हजार सात सय रुपैयाँमा कारोबार भएको छ । हिजो मंगलबारको तुलनामा आज सुन प्रति तोला दुई सय रुपैयाँले सस्तो भएको हो । मंगलबार सुन प्रति तोला ५५ हजार नौ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत असोज १०…

Read more

एनआईसी एसिया बैंकको स्वीफ्ट कारोबार ह्याकको फरेन्सिक जाँच हुँदै Featured

काठमाडौं, कात्तिक ७ । एनआईसी एसिया बैंकको स्वीफ्ट कारोबार ह्याकको फरेन्सिक जाँच शुरु भएको छ । भारतबाट आएको केपीएमजीको टोलीले फरेन्सिक जाँच शुरु गरेको हो । अनुसन्धान पूरा हुन एक साता लाग्ने भएपनि प्रारम्भिक अनुसन्धानबाट केही शंकास्पद कारोबार देखिएको छ । ह्याकरले बैंकको विदेशी बैंकमा रहेको खाताबाट विभिन्न ६ देशका बैंकहरुमा रकम स्थानान्तरण गरी भुक्तानी…

Read more

विप्रेषण सेवाको लागी नेपाल इन्भेष्टमेन्ट बैंक र भारतको एक्सेस बैंक बिच सम्झौता

काठमाडौं, १ कार्तिक । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र भारतको एक्सेस बैंक बीच विप्रेषण कारोबार गर्ने सम्झौता भएको छ । भारतमा रहेका नेपालीहरुले नेपाल इन्भेष्टमेण्ट बैंकको विप्रेषण सेवा पृथ्वी रेमिट मार्फत भुक्तानी गर्न सक्ने बैंकले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । नेपालीहरुले भारतस्थित एक्सेस बैंकको कुनै पनि शाखाबाट फाराम भरेपछि बैंकले दिने कार्ड…

Read more
Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top