AdAd
Ad

तिहारमा सुनको मु्ल्य घट्यो

काठमाडौं, कार्तिक १ । स्थानिय बजारमा बुधबार सुनको मु्ल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज बुधबार स्थानिय बजारमा सुनको मुल्य प्रति तोला ५६ हजार तिन सय रुपैयामा कारोबार भएको जनाइएको छ । जुन हिजो मंगलबारको तुलनामा प्रति तोला दुई सय रुपैयाले कम हो । नेपालीहरुको अर्काे महान चाड तिहारको समयमा स्ुनको मुल्य…

Read more

मुख्य सचिव रिटायर्ड हुँदै, नयाँ मुख्य सचिव को ?

काठमाडौं, १ कात्तिक । बहालवाला मुख्यसचिव राजकिशोर क्षेत्री कात्तिक ७ गते सेवा निवृत्त हुने भएपछि नयाँ मुख्यसचिव नियुक्तिको गृहकार्य शुरु भएको छ । गत असार २९ मा मुख्य सचिव नियुक्त क्षेत्रीको बहिगमर्नसँगै तिहारलगत्तै तीन वर्षको लागि नयाँ मुख्य सचिव नियुक्त हुन गर्न लागेको हो । ३ जना वरिष्ठ सचिव मुख्यसचिवको दौडमा छन्। धेरै सचिवमध्ये ज्येष्ठता र…

Read more

१४ बुँदे घोषणा पत्र जारी गर्दै सकियो एनआरएनएको आठौ विश्व सम्मेलन Featured

काठमाडौं, १ कात्तिक । रुपान्तरणको बाटोमा ः सुदृढ भविष्यका लागि महिला, युवा तथा नयाँ पुस्ताको सहभागिता भन्ने मुल नारा सहित सुरु भएको गैर आवासायी नेपाली संघ (एनआरएनए) को आठौ विश्व सम्मेलन १४ बुँदे काठमाडौं घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ । मंगलबार सम्पन्न सम्मेलनले पारित गरेको घोषणा पत्रमा एक एनसिसि, एक लगानी, रोजगारीको अवधारणा…

Read more

मेरो लगानीद्वारा डेटा एनालिटिक्स सफ्टवेयर सार्वजनिक

  काठमाडौं, १ कात्तिक । मेरो लगानी डटकम दशौं बर्षमा प्रवेश गरेको छ । सन् २००७ अक्टोवरबाट सुरु भएको मेरो लगानी डटकमले सोमवार एक भव्य समारोहकाबिच दशौँ वर्षगाठ मनायो । दशौं बाषिक उत्सवको अवसरमा मेरो लगानी डटकमले डेटा एनालिटिक्स सफ्टवेयर पनि सार्वजनिक गरेको छ । मेरो लगानीले सोमवारबाटै आफ्नो सहप्रकाशन नेपाल जर्नल डटकम समेत औपचारीक…

Read more

माओवादी केन्द्रका मन्त्रीहरु जिम्मेवारीविहिन

काठमाडौं, १ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रबाट मन्त्री भएकाहरुलाई जिम्मेवार बिहीन बनाएका छन् । देउवाले उनीहरुको जिम्मेवारी खोस्दै विना विभागीय बनाएका हुन । माओवादी केन्द्रले मंगलबार बिहान सरकारबाट बाहिरीने बताए पनि दिउसो पत्रकार सम्मेलन गर्दै तत्काल सरकारबाट हट्दा चुनावमा असर गर्ने भन्दै नबाहिरिने निर्णय लिएको थियो । देउवाले कमल थापालाई उपप्रधान सहित ऊर्जा…

Read more

सर्वसाधारण घर बनाउन लाग्दा तिहारमा सुनचाँदीमा देखिएन आकर्षण Featured

काठमाडौं, ३१ असोज । हिन्दु नेपालीहरुको दोस्रो ठुलो चाड तिहार सुरु भएसँगै  बजारमा चहलपहल बढ्न थालेको छ । काठमाडौं असन, न्यूरोड, भोटाहिटी लगायतका अन्य मुख्य चोक र गल्लीहरुमा तिहारका लागि आवश्यक सामाग्री खरिद गर्नेहरुको चहलपहल निकै बढेको छ । तिहारमा विशेष गरि भाइमसला, इलेक्ट्रिक बत्ति, मिठाई र सुनचाँदीको कारोबार बढी हुने गरेको छ । लक्ष्मीपूँजाका…

Read more

संयुक्त राष्ट्रसंघकोे मानव अधिकार परिषद्मा नेपाल सबैभन्दा बढी मतले विजयी

वाशिङ्टन डिसी, ३१ असोज । संयुक्त राष्ट्रसंघकोे ७२औँ महासभाले मानव अधिकार परिषद्मा नेपाललाई पनि निर्वाचित गरेको छ । विभिन्न देशका क्षेत्रगत आधारमा रहने परिषद्मा कूल ४७ देशका प्रतिनिधि रहनेछन् । सोमबार भएको निर्वाचनमा नेपाललगायत १५ नयाँ देशले उक्त परिषद्मा प्रतिनिधित्व गर्ने अवसर पाएका हुन् । एशिया–प्रशान्त क्षेत्रको चार खाली सदस्यमा भएको निर्वाचनमा नेपालसहित पाकिस्तान, कतार…

Read more

ओरियन्टल होटल्सले एफपीओ निष्काशन गर्ने

काठमाडौं, ३१ असोज । ओरियन्टल होटल्स लिमिटेडले कम्पनीको पुँजि संरचना परिवर्तन गर्न पुनः शेयर निष्काशन (एफपीओ) गर्ने भएको छ । कम्पनीको एफपीओ निष्काशनपछि चुक्ता पुँजीमा संस्थापक र साधारण शेयरधनीको अनुपात ५५ः४५ को हुनेछ । आउँदो कात्तिक २३ गते हुने २० औं वार्षिक साधारण सभामा पुनः शेयर निष्काशन (एफपीओ) गर्ने प्रस्ताव लैजानेछ । साधारणसभाबाट पारित भएपछि…

Read more

तिहार आजबाट सुरु, पहिलो दिन कागको पूजा गरिदैं

काठमाडौं, ३१ असोज । हिन्दु नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आजबाट सुरु भएको छ । तिहारको पहिलो दिन आज कागको पूजा गरेर मनाइँदै छ । तिहार पर्व कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइन्छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफ्ना दैनिक काम स्थगित गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर भाइटीका ग्रहण…

Read more

कर कानुन पालना नगर्ने ६ सय १५ करदाता कारवाहीमा

काठमाडौं, ३१ असोज । आन्तरिक राजस्व विभागले आफू अन्तर्गतका कार्यालयहरु मार्फत बजार अनुगमनलाई तिव्रता दिएको छ । विभाग अन्तर्गतका ३६ वटा कार्यालयबाट भदौ २७ गतेदेखि शुरु भएको बजार अनुगमनमा प्रत्येक कार्यालयबाट ३÷३ वटा टोली परिचालन गरिएको विभागले जनाएको छ । बजार अनुगमन विभागको नियमित कार्य भएको जनाउंदै दशैं, तिहार, छठ जस्तो चाडवाडको समयमा बढी कारोवार…

Read more
Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top